Logo

२९ गतेबाट उद्योगको काम सवै अनलाईमा, घरबाटै दर्ता तथा नविकरण

२९ गतेबाट उद्योगको काम सवै अनलाईमा, घरबाटै दर्ता तथा नविकरण


रक्षा रेग्मी
0
Shares

काठमाडौं । उद्योग विभागका सम्पूर्ण काम अव अनलाइनबाट हुने भएको छ । हाल विभागले अफिसलाई फुल अटोमेसनमा लैजाने तयारीका साथ नमुना परिक्षणका रुपमा अनलाइनबाट काम गर्न शुरु गरेको विभागका महानिर्देशक महेश्वर न्यौपानेले जानकारी दिए । ‘कात्तिक २९ गतेदेखि फुल अटोमेसनमा लैजाने उद्देश्यका साथ काम अघि बढाइएको छ,’ उनले भने ।

विभागका सेवालाई छिटो छरितो र सहज बनाउने उद्देश्यका साथ फुल अटोमेसनमा जान लागेको न्यौपानेले बताए । फुल अटोमेसनमा गएसँगै प्रत्यक्ष विदेशी लगानी स्वीकृति, उद्योग दर्ता, व्यवसायीक भिसा सिफारिस तथा आईईईलगायत सम्पूर्ण काम अव अनलाइनबाट गरिने भएको हो । त्यस्तै उद्योगको क्षमता विस्तार तथा नविकरणलगायत काम पनि अनलाइनबाट गरिने हुँदा सेवाग्राहीलाई विभागसम्म धाइ रहनुपर्ने झण्झट हट्नेछ ।

त्यस्तै विभागले उद्योग दर्ता सम्वन्धमा अनावश्यक प्रक्रियाहरु समेत कटौती गर्न लागेको महानिर्देशक न्यौपानेले जानकारी दिए । अनलाइनमा गएपछि फाइल खोज्नुपर्नेलगायत झण्झटबाट पनि मुक्त हुनेछ ।

न्यौपानेका अनुसार फुल अटोमेसनमा लैजान डिजिटल फाइल तथा फारमहरु समेत तयार भइसकेको छ । विभागको उक्त सफ्टवेयर योमरी कम्पनीले निर्माण गरेको हो । विभागले बल्र्ड बैंक अन्तर्गतको अन्तरराष्ट्रिय मुद्रा कोषको सहयोगमा सफ्वेयर निर्माण गरेको थियोे ।

त्यस्तै विभागले नेपालमा लगानी गर्न चाहने विदेशी लगानीलाई प्रक्रियागत झन्झटबाट मुक्त बनाउने तथा विभागलाई डिजिटलाइज्ड गर्ने उद्देश्यका साथ अनलाइन प्रणालीको व्यवस्था गर्न लागिएको उनले जानकारी दिए । विदेशी लगानीकर्ताले सम्वन्धित देशमै बसेर नेपालमा उद्योग दर्ता गर्ने वातावरण सृजना गर्न लागेको हो ।

अनलाइन प्रणाली लागु भएसँगै विदेशी लगानीकर्ता नेपालमा लगानी गर्न आकर्षित हुनुका साथै ‘डुइङ विजनेस कष्ट’लाई व्यवस्थित पार्ने न्यौपानेले बताए । डुइङ विजनेस अन्तर्गत उद्योग दर्ताका लागि लाग्ने ट्राभल खर्च, अपरेसन कस्ट, डकुमेन्टेशनलगायत पर्छन् ।

अहिले विदेशी उद्योग सञ्चालनका लागि विभिन्न चरणहरु पार गर्नुपर्ने बाध्यता छ । विदेशी उद्योग दर्ताका लागि फर्म भर्ने, उद्योगको प्रकृतिअनुसार सम्वन्धित मन्त्रालयको सहमति, कर्मचारी राख्ने, एउटै विवरण धेरै ठाउँमा देखाउनुपर्ने लगायत झण्झट छ । त्यस्तै आइइई, ईआइएलगायत गर्दा विजनेश कष्ट निकै उच्च हुने सम्बद्ध व्यवसायीहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL