Logo

दिगो उर्जामा आकर्षण, ७ बर्षमा ४२ राष्ट्रले ल्याए दिगो उर्जाको निति

दिगो उर्जामा आकर्षण, ७ बर्षमा ४२ राष्ट्रले ल्याए दिगो उर्जाको निति



काठमाडौं । गएको ७ बर्षमा विश्वमा दिगो उर्जाको कडा निती लागु गर्ने राष्ट्र तेब्बरले बढेका छन । विश्व बैंकले हालै सार्वजनिक गरेको तथ्याँक अनुसार सन २०१० देखि २०१७ सम्म १७ देखि ५९ ओटा देशले दिगो उर्जाको निती ल्याएको पाईएको छ ।

विश्वका धेरै उर्जा खपतहुने देशहरुले पनि केहि हदसम्म दिगो नविकरणीय उर्जाको निति तथा नियम ल्याएको पाईन्छ । उर्जा दक्षतामा केहि देशहरुले यससम्बन्धी आधुनिक निति १० गुणाले बढाएको पाइएको छ ।

केहि त्यस्ता राष्ट्रहरु जसको जनसंख्याको ठुलो हिस्सासम्म विद्युत पहुँच पुगेको छैन त्यस्ता राष्ट्रहरु पनि नविकरणीय उर्जाको तिव्र रुपमा नयाँ निती ल्याउनमा लागि परेका छन ।

रिपोर्टका अनुसार नविकरणीय उर्जाको विकासका लागि केही अवरोधहरु पनि छन । जव कुनै देशले स्वच्छ उर्जाको नयाँ निती ल्याउन खोज्छ तव विश्व उर्जा खपतको ८० प्रतिशत हिस्सा रहेको कार्वनरहित तथा यातायातसम्बन्धी निति पनि ल्याउनुपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्
MBL