Logo

डलरका कारण फेरी बढ्यो पेट्रोलको मूल्य, निगमलाई १५ दिनमा साढे ३१ करोड घाटा

डलरका कारण फेरी बढ्यो पेट्रोलको मूल्य, निगमलाई १५ दिनमा साढे ३१ करोड घाटा



काठमाडौं । निरन्तर डलरको भाउ बढे पछि नेपाल आयल निगमले डिजेल, पेट्रोल र मट्टितेलको मूल्य बढाएको छ ।

सोमबार राती १२ बजे पछि लागूहुने गरि निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य क्रमश २ र ३÷३ रुपैयाँ बढाएको निगमका प्रवक्ता विरेन्द्र गोइतले जानकारी दिएका छन ।

काठमाडौंको खुद्रा मूल्यमा पेट्रोल ११४, डिजेल र मट्टितेल १०१ रुपैयाँ प्रतिलिटर पुगेको छ । पेट्रोल, डिजेल र मट्टितेलको साविकको खुद्रा मूल्यमा स्वचालित मूल्य प्रणलिद्धारा समायोजन गरिएको निगमले जानकारी दिएको छ । तर हवाई ईन्धन र एलपि ग्याँसको मूल्य भने यथावत राखिएको छ ।

निगमले जारी गरेको विज्ञप्तीमा मूल्य समायोजन पछि पेट्रोलमा प्रति लिटर २ रुपैयाँ ९२ पैसा, डिजेलमा २ रुपैयाँ ७२ पैसा र एलपि ग्याँसमा प्रति सिलिण्डर ३०९ रुपैयाँ ७९ पैसा घाटा रहेको छ । पछिल्लो १५ दिनमा ३१ करोड ६७ लाख रुपैयाँ घाटा रहेको निगमले जानकारी दिएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL