Logo

ठेउलेखोला जलविद्युतको परीक्षण उत्पादन शुरु, १५ दिन पछि व्यवसायीक उत्पादन

ठेउलेखोला जलविद्युतको परीक्षण उत्पादन शुरु, १५ दिन पछि व्यवसायीक उत्पादन


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । बागलुङको जैमिनी नगरपालिकास्थित ठेउलेखोला जलविद्युत आयोजनाले परीक्षण उत्पादन शुरु गरेको छ ।

१.५ मेगावाट क्षमताको आयोजनाबाट उत्पादित विद्युत दुई साताभित्र केन्द्रीय प्रसारण लाइनमा जोडिनेछ । सिभिल र इलेक्ट्रो मेकानिक तर्फका सबै काम पूरा गरी परीक्षण उत्पादन शुरु गरिएको आयोजनाको प्रवद्र्धक बाराही हाइड्रोपावर लिमिटेडले जनाएको छ ।

नेपाल विद्युत प्राधिकरणले प्रसारण लाइन चार्ज गरेपछि उत्पादित विद्युत केन्द्रीय ग्रिडमा जोडिने आयोजनाका अध्यक्ष एवं इन्जिनियर सूर्यप्रसाद अधिकारीले बताएका छन । अधिकारीका अनुसार सवै काम सम्पन्न भएको र दुई साता भित्र परीक्षण प्रसारण हुने बताएका छन ।
१५ दिन परीक्षण प्रसारण गरे पछि आयोजनाले व्यावसायिक रुपमा उत्पादन शुरु गर्ने भएका छन । आयोजनाबाट निस्कने विद्युत अस्थायी रुपमा बागलुङ नगरपालिका–१२ टुनीबोटबाट केन्द्रीय प्रसारणमा जोडिनेछ ।

३४ करोड ५० लाखको लागतमा निर्मित आयोजनाबाट न्यूनतम ५ सय किलोवाट देखि १.५ मेगावाटसम्म विद्युत उत्पादन हुनेछ । बागलुङ जिल्लाभरिको मागको ४० प्रतिशत माग आयोजनाबाट उत्पादित विद्युत्ले धान्ने जनाइएको छ । दुई वर्षअघि नै सक्ने लक्ष्य लिइएको आयोजना भूकम्प, नाकाबन्दी जस्ता कारणले पछि धकेलिएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्
MBL