Logo

चिलिमे आयोजना पुनः सञ्चालनमा, मतगणनामा सहज हुने

चिलिमे आयोजना पुनः सञ्चालनमा, मतगणनामा सहज हुने


बिजखबर संवाददाता
0
Shares

रसुवा । बुधबार दिउँसो बन्द भएको २२ मेगावाट क्षमताको चिलिमे जल विद्युत् आयोजना आज पुनः सञ्चालनमा आएको छ ।

विद्यत् प्रसारण लाइनको टावरमा देखिएको समस्या समाधान भएपछि विद्युत् पुनः सञ्चालनमा आएको नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले जानकारी दिए ।

विद्युत् सञ्चालनमा ल्याउन काठमाडौँबाट प्राविधिक मगाइएको चिलिमे जलविद्युत् केन्द्रले जनकारी दिएको छ ।

विद्युत् उत्पादन पुनः शुरु भएपछि आज साँझदेखि शुरु हुने मतगणना कार्य सहज हुने बताइएको छ । रासस

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL