Logo

१० हजार मेगावाटका आयोजना अघि बढाउँदै प्राधिकरण

१० हजार मेगावाटका आयोजना अघि बढाउँदै प्राधिकरण


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । नेपाल विद्युत प्राधिकणले १९ ओटा जलविद्युुुत आयोजना अघि बढाउने भएको छ । प्राधिकरणले कुल ९ हजार ९ सय ४९ मेगावाट क्षमताका १९ ओटा जलविद्युत आयोजनाहरु आफ्नो योजनामा समावेश गरेर अघि बढेको हो ।

प्राधिकरणको योजनामा रहेको आयोजनामध्ये सबैभन्दा बढी १२ सय मेवाको बुढीगण्डकी रहेको छ ।

जलाशययुक्त बुढीगण्डकी आयोजना तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्व सरकारले चिनियाँ कम्पनी गेजुवालाई दिएको थियो । तर, प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले सो सम्झौता नै रद्द गरेको हो ।

प्राधिकरणले अघि बढाएका आयोजनामा दुधकोशी, अरुण तेस्रो र माथिल्लो कर्णाली ९/९ सय मेगावाट क्षमताका छन् । त्यसैगरी तमोर ७ सय ६२, ७ सय ५० मेवाको पश्चिम सेती, बेतन कर्णाली ६ सय ८८ मेवा, ६ सय १७ मेवाको भेरी–१ र उत्तर गंगा ६ सय मेगावाटको रहेका छन् ।

हाल नेपालमा ९ सय ६३ मेगावाटको आयोजना सञ्चालनमा छन् । जसमध्ये प्राधिकरण अन्तर्गतका ३ सय ६७ मेगावाटको रहेको छ । त्यस्तै निजी क्षेत्रको २ सय ७५ र भारतको ३ सय ३५ मेगावाटको रहेको छ ।

हाल ‘पिक आवर’ मा १५ सय मेगावट विद्युत माग छ । त्यस्तै अन्य समयमा १२ सय ४७ मेगावाट विद्युत माग रहेको विद्युत प्राधिकरणले जानकारी दिएको छ ।

त्यस्तै २३ हजार मेगावाटका जलविद्युत आयोजना निर्माणाधिन अवस्थामा रहेका छन् । नेपालमा आगामी ५ बर्षभित्र थप २ हजार ३ सय ९ मेगावाट विद्युत उत्पादन हुने भएको हो । निर्माणाधिन १० ओटा आयोजनामध्ये ६ ओटा विद्युत प्राधिकरणको सहायक कम्पनी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL