Logo

तामाकोसी–३ अध्ययन गर्न भवन भट्टले दिए आवेदन

तामाकोसी–३ अध्ययन गर्न भवन भट्टले दिए आवेदन


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएन) अध्यक्षका दाबेदार भवन भट्टले तामाकोसी–३ जलविद्युत आयोजना अध्ययन गर्न आवेदन दिएका छन् । ६ सय ५० मेगावाटको तामाकोसीको अध्ययन अनुमतिपत्र लिन उनले टिबिआई होल्डिङ कम्पनी लिमिटेडका नाममा आवेदन दिएका हुन् ।

मंगलबार विद्युत विकास विभागमा आयोजनाको अध्ययन अनुमतिपत्र लिन आवेदन दिइएको कम्पनीले जानकारी दिएको छ ।
यसबारे अध्ययन गरेपछि निर्णय गर्ने विभागले निर्णय गर्ने छ ।

भट्टले आगामी असोज ३० मा हुने एनआरएनको निर्वाचनमा अध्यक्षमा उमेदवारी दिएका छन् । टिबिआई समूहले पर्यटन, होटल तथा रिसोर्ट, शिक्षालगायत क्षेत्रमा लगानी गरेको छ ।

भट्ट लामो समयदेखि जापानमा आप्रवासी नेपालीका रूपमा स्थायी बसोबास गर्दै आएका छन् ।

आयोजना लगानी बोर्डले वर्षौंसम्म निर्माण प्रक्रिया अघि बढाउन नसकेपछि सरकार अफैँले निर्माण गर्ने गरी बास्केटमा राख्ने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL