Logo

हिमालयन हाइड्रो एक्स्पो पुस २१ देखि, जलविद्युत सम्बन्धि ३ सय स्टल

हिमालयन हाइड्रो एक्स्पो पुस २१ देखि, जलविद्युत सम्बन्धि ३ सय स्टल


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) र एक्स्पो एण्ड इभेन्ट म्यानेजमेन्ट सर्भिस प्रालिले संयुक्त रुपमा हिमालयन हाइड्रो एक्स्पो २०१८ आयोजना गर्ने भएका छन् । एक्स्पो भृकुटीमण्डप स्थित प्रदर्शनी हलमा हुने भएको हो ।

राष्ट्रिय योजना आयोगले यस हिमालयन हाइड्रो एक्स्पो २०१८ लाई संरक्षकत्व प्रदान गर्ने छ । साथै नेपाल विद्युत प्राधिकरण, नेपाल उद्योग बाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल बैंकर्स एसोसिएसनस, युथ कम्युनिटी फर नेपलिज कन्ट्राक्टर्सको सक्रिय सहयोग रहेको छ ।

बुधबार आयोजित पत्रकार सम्मेलनमा स्वतन्त्र उर्जा उत्पादक संघका अध्यक्ष शैलेन्द्र गुरागाँइले एक्स्पोमा टनेल खन्ने उपकरण सहित पछिल्ला टेक्नोलोजीको बारेमा जानकारी दिइने बताए । एक्स्पोमा बिदेशी स्टलका लागि पत्राचार भइरहेको र धेरै भन्दा धेरै बिदेशीहरु सहभागी हुनेमा आफू बिस्वस्त रहेको बताए ।

एक्स्पो एण्ड इभेन्ट म्यानेजमेन्ट प्रालिका प्रबन्ध निर्देशक बिजय सागर प्रधानले नेपालले सय बर्षमा १ हजार मेगावाट विद्युत उत्पादन गर्न नसकेको बताए । ‘नेपालले चीन भन्दा १ बर्ष पहिला हाइड्रो पावर सुरु गरे पनि सय बर्षमा १ हजार मेगावाट उत्पादन गर्न सकेको छैन’ उनले भने ‘ तर चीनले एउटै योजना २२ हजार ५ सय मेगावाटको बनाएको छ ।’

स्वतन्त्र उर्जा उत्पादक संघका उपाध्यक्षकुमार पाण्डेले विदेशमा प्रयोगमा आइसकेको नयाँ प्रबिधीबाट विद्युत उत्पादन गरेमात्र सस्तो हुने बताए ।

पत्रकार सम्मेलनमा हाइड्रोपावर डेभलपर्स, उत्पादक, हाइड्रपावरका एक्सपर्ट र एक्सपो आयोजकको उपस्थिती रहेको थियो । आगामी पौष २१ गते देखि २३ गतेसम्म सञ्चालन हुने हिमालयन हाइड्रो एक्स्पोमा ३ सयभन्दा बढी स्टल रहनेछन् । जलविद्युत प्रवर्धक, इक्युपमेन्टस सप्लायर, लगानीकर्ता, बैंक, जलविद्युतमा नयाँप्रविधि र निर्माणसँग सम्बन्धित स्टल राखिने भएको छ । ती स्टलमध्ये १ सय ५० भन्दा बढी विदेशी स्टल रहनेछन् ।

जलविद्युत लगानीकर्ता, उत्पादक, इन्जिनियर लगायत यस क्षेत्रमा चासो दिने सबैका लागि यो एक्स्पो जानकारीको केन्द्र बन्ने विश्वास गरिएको छ । हालै नेपाल सरकारले घोषणा गरेको ७ बर्षमा १७ हजार मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्यलाई पनि यो एक्स्पोले साथ दिने विश्वास आयोजकले गरेको छ ।

साथै एक्स्पोमा इन्जिनियरिङ वेस भएका विद्यार्थिका वीचमा विभिन्न प्रतिस्पर्धा पनि गरिनुका साथै हाइड्रोपावरका विषयमा विभिन्न जानकारी दिने स्टल पनि राखिने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL