Logo

अघि बढ्यो लाङटाङ खोला आयोजनाको काम, चार अर्बको लगानी

अघि बढ्यो लाङटाङ खोला आयोजनाको काम, चार अर्बको लगानी


बिजखबर संवाददाता
162
Shares

काठमाडौं । रसुवाको गोसाइकुण्डमा निर्माणको तयारीमा रहेको लाङटाङ खोला जलविद्युत आयोजनाको काम अघि बढेको छ । २० मेगावाटको उक्त जलविद्युत आयोजनाको अहिले ‘प्रि कन्स्ट्रक्सन’को काम सुरु भइसकेको आयोजनाले जनाएको छ ।

आयोजनाका अनुसार अहिले पावर हाउसदेखि बाँधस्थलसम्म पुग्ने पहुँच मार्गको ट्रयाक खोल्ने काम करिब ७० प्रतिशत पुरा भइसकेको छ । त्यस्तै आयोजना स्थलसम्म पुग्नका साविकको स्याफ्रु गाविस वाड नम्बर ३ र ९ जोड्ने भोटेकोेसी माथि बनाइने ‘बेली ब्रिज’ अन्तिम चरणमा पुगेको आयोजनाका डेपुटी म्यानेजर नारायण सुवेदीले जानकारी दिए । उनका अनुसार यो काम एक महिनाभित्रै पुरा हुनेछ ।

आयोजनाको लागि आवश्यक व्यक्तिगत जग्गा खरिद प्रक्रिया पनि सम्पन्न भइसकेको छ । निर्माणको क्रममा कटान गर्नुपर्ने रुखहरुको कटान समेत भइसकेको सुवेदीले जानकारी दिए । दशै लगतै ‘मेन कन्स्ट्रक्सन’ को काम शुरु हुने गरी काम अघि बढाइएको छ ।

मल्टी इनर्जी डेभलपमेन्ट प्रालीले गोसाँइकुण्डमा लाङटाङ खोला जलविद्युत आयोजना निर्माण गर्न लागेको हो । प्रारम्भिक चरणमा दश मेगावाटको निर्माण गर्ने लक्ष्यसहित अघि बढेपछि पछि २० मेगावाट विद्युत उत्पादन गर्ने उद्देश्सहित काम अघि बढाइएको हो ।

कम्पनीले २०७६ भित्र सञ्चालनमा ल्याउने उद्देश्यसहित निर्माण कार्य तिव्र बनाएको जनाएको छ । ४ अर्ब २१ करोड रुपैयाँ कुल लगानीमा आयोजना निर्माण गर्न लागिएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL