Logo

सिरुटारमा निस्केको ग्यासको अध्ययन गर्न निर्देशन, ‘आर्थिक रुपले सम्भाव्य छ छैन पत्ता लगाउ’

सिरुटारमा निस्केको ग्यासको अध्ययन गर्न निर्देशन, ‘आर्थिक रुपले सम्भाव्य छ छैन पत्ता लगाउ’


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । भक्तपुरको सिरुटारमा निस्केको प्राकृतिक ग्यासको सुरक्षाका उपाय तत्काल अपनाउन उद्योगमन्त्री नवीन्द्रराज जोशीले सम्वन्धित निकायलाई निर्देशन दिएका छन् । बिहीवार पानीको लागि बेल खन्दा निस्केको प्राकृतिक ग्यासको अवस्था वारे स्थलगत निरिक्षण गर्दै उनले यस्तो निर्देशन दिएका हुन् ।

खानेपानी विभागले पानीको लागी बेल खन्दा प्राकृतिक ग्यास निस्केर आगलागी समेत भएको थियो । पानीको लागि बेल खन्दा निस्केको सो प्राकृतिक ग्यास आर्थिक र व्यवसायिक रुपले सम्भाव्य छ कि छैन त्यसको आवश्यक अध्ययन अन्वेषण गर्न मन्त्री जोशीले खानी तथा भूगर्भ विभागलाई निर्देशन दिएका हुन् ।

भक्तपुरको सिरुटारमा प्राकृतिक ग्यास निस्केको जानकारी पछी हिजो नै खानी तथा भूगर्भ विभागको टोलीले सो क्षेत्रको प्राविधिक निरिक्षण गरी सुरक्षाका लागि निर्माणाधीन बेल वन्द गर्नुपर्ने रिपोर्ट दिएको थियो । सोही अनुरुप हाल सो बेल बन्द गरिएको भएपनि ग्यास आउने क्रम रोकिएको छैन । पानीको बेल खन्दा प्रयोग भएका सामानहरु तत्काल हटाई ग्यास आउन नसक्ने गरी बन्द गर्न खानी तथा भूगर्भ विभागले सुझाव दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL