Logo

निगमले घटायो हवाई इन्धनको मूल्य, आन्तरिकतर्फ प्रतिलिटर ८६ रुपैयाँ कायम

निगमले घटायो हवाई इन्धनको मूल्य, आन्तरिकतर्फ प्रतिलिटर ८६ रुपैयाँ कायम


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सोमवारदेखि हवाई इन्धनको मूल्य प्रतिलिटर ८ रुपैयाँले घटेको छ । निगमले आन्तरिक तथा अन्तरराष्ट्रिय उडानतर्फको हवाई इन्धनको मूल्य घटाएको हो ।

आन्तरिक तर्फ हवाई इन्धन प्रतिलिटर ९४ रुपैयाँ भएकोमा ८६ रुपैयाँ तोकिएको निगमका निमित्त निर्देशक दिपक बरालले जानकारी दिए ।

त्यस्तै अन्तरराष्ट्रिय तर्फ प्रतिहजार लिटर ८ सय ३१ अमेरिकन डलरबाट घटी ७ सय ५० अमेरिकन डलर भएको छ । भारतीय आयल निगमले पठाएको मूल्यका आधारमा हवाई इन्धन समायोजन गरिएको हो । यता पेट्रोल तथा डिजेलको मूल्य भने यथावत रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL