Logo

नेपाल एयरलाइन्सले मार्च १ देखि जापानको नारिता उडान भर्ने, साउदीका लागि जिएसए छान्दैं

नेपाल एयरलाइन्सले मार्च १ देखि जापानको नारिता उडान भर्ने, साउदीका लागि जिएसए छान्दैं



काठमाडौं । नेपाल वायुसेवा निगमले जापानको नारितामा आगामी मार्च १ देखि उडान सुरु गर्ने भएको छ । नारितामा उडान सुरु गर्नका लागि निगमले ग्राउन्ड ह्यान्ड्लिङको काम सम्पन्न भएको जानकारी दिएको छ ।

laxmi

निगमका कार्यकारी अध्यक्ष मदन खरेलले मंगलबार मात्रै नारिता उडान सुरु गर्नेगरी ग्राउन्ड ह्यान्ड्लिङको काम सम्पन्न भएको जानकारी दिएका हुन ।

यस्तै साउदीका लागि जिएसएको काम पनि अन्तिम चरणमा पुगेको कार्यकारी अध्यक्ष खरेलले बताएका छन । पछिल्लो ४ महिनामा निगमले ४ अर्ब रुपैयाँ आम्दानी गरेको बताउँदै निगमका कार्यकारी अध्यक्ष खरेलले उक्त अनुपातमा आम्दानी भए १ बर्षभरीमा १८ अर्ब बढी आम्दानी गर्ने लक्ष्य रहेको जानकारी दिएका छन ।

खरेलका अनुसार अहिले निगमको वाइडबढी–३३० ले दैनिक १२ घण्टा उडान भरिरहेको छ । उनका अनुसार निगममा २०७०–०७१ सालको बेरुजु २५ अर्ब बाँकी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL