Logo

सोल्टी होटल परिसरमा रहेको क्यासिनो माजोंगले पायो दक्षिण एसियाको सर्बोत्कृष्ट क्यासिनोको अवार्ड

सोल्टी होटल परिसरमा रहेको क्यासिनो माजोंगले पायो दक्षिण एसियाको सर्बोत्कृष्ट क्यासिनोको अवार्ड



काठमाडौँ । क्यासिनो माजोंगले साउथ एसिया बेस्ट क्यासिनो अवार्ड प्राप्त गरेको छ । सोल्टी होटलको परिसरमा रहेको क्यासिनोले पर्यटन तथा आतिथ्य उद्योगको सर्बोत्कृष्ट कम्पनीलाई प्रदान गरिने उक्त अवार्ड हात पार्न सफल भएको हो ।

भारतका पर्यटन मन्त्री प्रल्हाद सिंह पटेल र सामाजिक न्याय तथा शशक्तिकरण मन्त्रि रामदास अथावालेको प्रमुख आतिथ्यमा हालै नयाँ दिल्लीमा भएको विशेष समारोहमा क्यासिनो माजोंगका प्रबन्ध निर्देशक विनोद श्रेष्ठको तर्फबाट कम्पनीका जनरल म्यानेजर अमूल्य विक्रम राणालाई उक्त अवार्ड प्रदान गरिएको हो ।


समारोहमा नेपाल पर्यटन बोर्डले पर्यटन सम्बन्धी डकुमेन्ट्री प्रस्तुत गरेको थियो । क्यासिनो माजोंगले नेपाल भ्रमण बर्ष २०२० को लागि बिबिध कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । साथै क्यासिनो माजोंगले नेपालञ्जस्थित होटेल सोल्टीमा पनि क्यासिनो सञ्चालन गरेको छ । विस २०६९ पौष १२ देखि क्यासिनो माजोंग सोल्टी होटलको परिसरमा सञ्चालनमा आएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL