Logo

प्रदेश ५ र सुदुरपश्चिममा विद्युत विस्तार, पूर्वाधार लगानी बैंकसँग ११ करोड डलर ऋण लिँदै सरकार

प्रदेश ५ र सुदुरपश्चिममा विद्युत विस्तार, पूर्वाधार लगानी बैंकसँग ११ करोड डलर ऋण लिँदै सरकार



काठमाडौं । सरकारले एशियाली पूर्वाधार लगानी बैंकबाट विद्युत सेवाको स्तरोन्नतीका लागि ११ करोड २० लाख डलर ऋण लिने भएको छ ।

सरकारका प्रवक्ता एवं संचार तथा सुचना प्रविधि मन्त्री गोकुल बास्कोटाले मन्त्रीपरिषदका पछिल्ला निर्णय सुनाउँदै उक्त ऋण स्विकृत गर्नेसम्बन्धी समिति गठन गर्ने निर्णय भएको बताएका हुन । प्रदेश नं ५ र सुदुरपश्चिम प्रदेशमा विद्युत वितरण र स्तरोन्नतीका लागि उक्त ऋण लिन लागेको उनको भनाई छ ।

उक्त ऋण स्वीकृत गर्नका लागि अर्थमन्त्रालयका अन्तरराष्ट्रिय आर्थिक महाशाखाका सहसचिवको संयोजकत्वमा समिति गठन गरिने भएको हो । उक्त समितिले एशियाली पूर्वाधार लगानी बैंकको ऋण स्वीकृत गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL