Logo

अमलेखगञ्ज चितवन ६२ किलोमिटर पेट्रोलियम पाईपलाईनको सर्भे सुरु, उद्योगमन्त्रीले गरे शुभारम्भ

अमलेखगञ्ज चितवन ६२ किलोमिटर पेट्रोलियम पाईपलाईनको सर्भे सुरु, उद्योगमन्त्रीले गरे शुभारम्भ



काठमाडौं । सरकारले अमलेखगञ्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पाईपलाईन विस्तारका लागि सर्भे सूरु गरेको छ । उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री मातृका यादवले शनिबार उक्त सर्भे कार्यको शुभारम्भ गरेका हुन । उक्त पाईपलाईनसँगै भारतको मोतिहारीदेखी चितवनको लोथरसम्म एलपी ग्याँसको पाईपलाईन पनि विछ्याईनेछ ।

यसअघि मोतिहारीदेखि अमलेखगञ्जसम्म नेपालतर्फ ३६ दशमलव ८ किलोमिटर पाईपलाईन विछ्याई आपुर्ति पनि सुरु गरिसकिएको छ । यसलाई थप विस्तार गरी नेपाल आयल निगमले अमलेखगञ्जबाट चितवनको लोथरसम्म पाईपलाईन विस्तार गरी भण्डारण क्षमता पनि विस्तार गर्ने लक्ष्य लिएको छ । यस्तै निगमले एलपी ग्याँसको पाईपलाईन विस्तारका लागि प्रारम्भिक कार्य समेत गर्दै आईरहेको छ ।

निगमले अमलेखगञ्ज लोथर ६२ किलोमिटर पेट्रोलियम पाईपलाईनको लागत ५ अर्ब ६७ करोड रुपैयाँ लाग्ने अनुमान गरेको छ । यस्तै पेट्रोलियम भण्डारका लागि भने ४ अर्ब १९ करोड रुपैयाँ लागत लाग्ने अनुमान गरिएको छ । साथै विरगंजदेखि चितवनको लोथरसम्म विस्तार गरिने भनिएको एलपी ग्याँसको लम्बाई ९८ किलोमिटर हुने र यसको लागत ११ अर्ब १९ करोड रुपैयाँ अनुमान गरिएको छ ।

यस्तै निगमले चितवनमा निर्माण हुने पेट्रोलियम भण्डारको लागि ४ अर्ब १९ करोड र एलपी ग्याँसको भण्डारणका लागि ३ अर्ब ८१ करोड रुपैयाँ लागत लाग्ने जानकारी दिएको छ । उक्त २ पदार्थको भण्डारण क्षमता भने क्रमशः १ लाख किलोलिटर र २० हजार मेट्रिक टन रहेको छ ।
उक्त पाईपलाईनको सर्भे कार्य भने नेपाल आयल निगम र ईन्डियान आयल कर्पाेरेशनले संयुक्त रुपमा गर्नेछन ।

प्रतिक्रिया दिनुहोस्
MBL