Logo

बर्दघाट विद्युत् सबस्टेसनमा आगलागी, सेवाग्राहीलाई वैकल्पिक बाटोबाट विद्युत आपुर्ति

बर्दघाट विद्युत् सबस्टेसनमा आगलागी, सेवाग्राहीलाई वैकल्पिक बाटोबाट विद्युत आपुर्ति



काठमाडौं । नवलपरासीको बर्दघाटमा रहेको १३२÷११ केभी सबस्टेसनमा शुक्रबार आगलागी भएको छ । सबस्टेसनमा रहेको ११ केभीको नियन्त्रण कक्षमा (कन्ट्रोल रुम) आगलागी भएको हो ।
कन्ट्रोल रुपमा विद्युत पस्ने दुईवटा ‘इन्कमर’ र त्यहाँबाट बहिर निस्कने दुईवटा ‘आउट गोइङ’ फिडरमा आगलागी भएको छ ।

आगलागीबाट ‘इन्कमर’ र ‘आउट गोइङ’ फिडरहरु पूर्ण रुपमा क्षतिग्रस्त भएको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए ।

उनले भने,‘राती आगलागी भएको छ, कन्ट्रोल रुममा रहेका कन्ट्रोल प्यानल लगायत अन्य उपकरणहरु पनि जलेर पूर्णरुपमा क्षतिग्रस्त भएका छन्, आगलागी के कारणले भएको हो त्यसको छानबिन गरिरहेका छौं ।’

प्राधिकरणले शुक्रबार नै आगलागी भएको स्थानको स्थलगत निरीक्षण गर्न ग्रिड विकास विभागका निर्देशकको टोलीलाई काठमाडौंबाट त्यहाँ पठाएको छ । सबस्टेसनमा अगलागी भएपछि त्यस क्षेत्रको विद्युत आपूर्ति बन्द भएको थियो । त्यहाँबाट बर्दघाट क्षेत्रका २९ हजारभन्दा बढी ग्राहकलाई विद्युत आपूर्ति भइरहेको थियो ।

प्राधिकरणले परासी, गण्डक र सित्तलनगर सबस्टेसनबाट वैकल्पिक व्यवस्था गरी विद्युत् आपूर्ति गरेको छ । गत वर्ष पनि बर्दघाट सबस्टेसनको त्यही कन्ट्रोल रुममा आगलागी भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL