Logo

तीन बर्षभित्रमा सबैको घरमा बिजुली पुग्छ : ऊर्जामन्त्री पुन

तीन बर्षभित्रमा सबैको घरमा बिजुली पुग्छ : ऊर्जामन्त्री पुन



काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले तीन बर्षभित्र सबै नेपालीको घरमा बिजुली बल्ने बताएका छन । भरतपुर महानगरपालिकाले आयोजना गरेको नारायणी नदी तटबन्धनसम्बन्धी छलफल कार्यक्रममा बोल्दै उनले यस आर्थिक वर्षमा ४१ जिल्ला पूर्ण विद्युतीकरण हुने जानकारी दिएका हुन ।

मन्त्री पुनले सो कामका लागि चालु आर्थिक वर्षमा २८ करोड रुपैयाँ बजेट छुट्टा्याइएको समेत जानकारी दिएका छन । उनले ४१ जिल्लामध्ये चितवन पनि पर्ने दिए । उनले भने, ‘तीन वर्ष्भित्र देशभरि पूर्ण विद्युतीकरण हुनेछ ।’

कार्यक्रममा उनले प्रधानमन्त्रीको पानी जहाजको सपनालाई साकार पार्न नारायणी नदीमा पानीजहाज चलाउने अवधारणालाई अगाडि बढाइएको बताए । उनले भने, ‘दासढुङ्गादेखि भारतको सिमानासम्म पानीजहाज चलाउन सकिने अध्ययनले देखाएको छ ।’ सबै स्थानमा डेढमिटर पानी भएमा २ सय ५० देखि ३ सय कन्टेनर बोक्ने पानीजहाज नारायणी नदीमा चल्ने अध्ययनले देखाएको उनको भनाइ थियो ।

कोशी नदीभन्दा नारायणी अझ राम्रो देखिएको भन्दै उनले यसबाट पनि भरतपुरको सम्भावना अरु बढी रहेको बताए । मन्त्री पुनले भरतपुर महानगरलाई उज्यालो बनाउनका लागि स्मार्ट सडक बत्तीको अवधारणालाई अगाडि बढाइएको जानकारी दिएका छन । मन्त्री पुनले २० करोड रुपैयाँको लागतमा भरतपुर महानगरमा स्मार्ट सडक बत्ती जडान गर्न लागिएको जानकारी दिए ।

मन्त्री पुनले भने, ‘नेपाल सरकारले एउटा नमूना परियोजनाका रुपमा भरतपुरमा स्मार्ट सडक बत्ती जडान गर्दै छ । आकाशमा जहाजमा उड्नेले पनि उज्यालो भरतपुर देख्ने छन् ।’

ऊर्जामन्त्री पुनले सरकार कानून निर्माण र सङ्घीय व्यवस्थाअनुरूप तीन वटा तहको सरकार सञ्चालनको सिकाइमा रहेको र योजनाबद्ध र दिगो विकासको लक्ष्यसहित अगाडि बढिरहेको बताए । उनका अनुसार यसवर्ष सरकारले नदी नियन्त्रण र तटबन्धनको लागि करीब ६ अर्बको बजेट विनियोजन गरेको छ । उनल नारायणी तटबन्धनका लागि बजेट अपुग हुन नदिने प्रतिबद्धतासमेत व्यक्त गरेका छन । रासस

प्रतिक्रिया दिनुहोस्
MBL