Logo

३८ फिल्म हलले तिरेनन कामपालाई कर, कर तिर्न भदौ १७ सम्म अन्तिम समय

३८ फिल्म हलले तिरेनन कामपालाई कर, कर तिर्न भदौ १७ सम्म अन्तिम समय



काठमाडौं । काठमाडौं महानगरपालिकामा रहेका विभिन्न ४ ओटा मात्रै फिल्म हलले कामपालाई कर बुझएका छन । काठमाडौंमा रहेका ४२ ओटा चलचित्र हलमध्ये हालसम्म जम्मा ४ ओटा हलले मात्रै मनोरञ्जन कर बुझाएको कामपास्थित राजस्व विभागले जानकारी दिएको छ । चलचित्र घरहरुले मनोरञ्जन शुल्क बापतको कर नबुझाएपछि महानगरको राजस्व बिभागले भाद्र १७ गतेसम्मको सूचना दिएर सम्पर्कमा आउन सूचना जारी गरेको छ ।

laxmi

‘महानगरभित्र ४२ वटा सिनेमा घर छन् जसमध्ये गएको बर्ष (आर्थिक बर्ष २०७५÷०७६) मा ४ वटा हलले मात्र कर तिरे,’ राजस्व बिभागका प्रमुख नुरनिधि न्यौपानेले भने, ‘बिक्रीसँगै संकलन भएको शुल्क पनि महानगरमा नबुझाएपछि यसमा हामी गम्भीर भएका हौं ।’ उनका अनुसार गएको बर्ष ४ वटा हलले मनोरञ्जनवापतको शुल्क बुझाउँदा १९ लाख रुपैयाँ संकलन भएको थियो ।

प्रदेश नं. ३ को आर्थिक ऐन २०७६ को व्यवस्थाबमोजिम चलचित्र घरहरुले चलचित्र प्रदर्शन गर्दा प्रति टिकट बिक्रीमा मनोरञ्जन कर बापत लिएको ५ प्रतिशतले हुन आउने रकम अर्को महिनाको २५ गतेभित्र स्थानीय सरकारलाई बुझाउनु पर्छ ।

यो व्यवस्था पालना हुनु त कता हो कता, गएको बर्ष तिर्नु पर्ने कर तिर्न समेत चासो देखिएन, बिभागीय प्रमुख न्यौपानेले भने । ऐनको दफा ४ (३) बमोजिम चलचित्र घरहरुलाई बक्यौता रकमसमेत लिएर आउन सूचना जारी गरेको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
MBL