Logo

निर्माणाधीन ह्वासिन सिमेन्ट उद्योग बाढीले बगायो, फलामको पोलमा समातेर बाँचे मजदुर

निर्माणाधीन ह्वासिन सिमेन्ट उद्योग बाढीले बगायो, फलामको पोलमा समातेर बाँचे मजदुर



काठमाडौं । बेनीघाट रोराङ गाउँपालिकामा निर्माणाधीन ह्वासिन सिमेन्ट उद्योग बाढीले बगाएको छ । गएराती परेको भारी बर्षाका कारण निर्माणाधीन उक्त उद्योग बगेको हो । ताल्तीस्थित खोलालाई नियन्त्रण गरी निर्माण थालिएको सिमेन्ट उद्योग तीन दिनदेखिको वर्षाका कारण खोलामा आएको बाढीले बगाएको सूचना अधिकारी तुलसीजङ्ग थापाले जानकारी दिएका छन । रातिको समयमा आएको बाढीका कारण पाँच जना मजदूर बाढीमा फसेका छन् ।

दुवैतर्फ खोला बगेकाले बीच भागमा रहेको फलामका पोलमा समातेर उनीहरु बचेका छन् । खोलामा फसेका मजदूरको उद्धारका लागि इलाका प्रहरी कार्यालय गजुरीबाट गएको टोली सो स्थानमा पुग्न सकेको छैन । ताल्ती जाने बाटो मलेखु नजिकै सोही खोलाले बगाएपछि उद्धारकर्मी रोकिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

रातभरि परेको वर्षाका कारण खोलामा फसेका मजदूरको स्थानीयवासी र ताल्तीमा रहेको प्रहरी टोलीले उद्धार गरिरहेको बताएको छ । बाढीका कारण निर्माण भएका केही संरचना बगाएको छ । क्षतिको आँकलन गर्न सकिएको छैन । मानविय क्षति भएको छैन । १५ अर्बको लगानीमा चिनियाँ ह्वासिन कम्पनीले सो उद्योग निर्माण शुरु गरेको चार महीना भएको छ । नौ महीनामा निर्माण सम्पन्न गरी दैनिक ६० हजार बोरा सिमेन्ट उत्पादन गर्ने गरी उद्योगको निर्माण शुरु भएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्
MBL