घलेम्दी जलविद्युत आयोजना परीक्षण उत्पादनको तयारीमा, लागत १ अर्ब २० करोड पुग्ने

काठमाडौं । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माणाधीन अवस्थामा रहेको ५ मेगावाट क्षमताको घलेम्दीखोला जलविद्युत् आयोजना परीक्षण उत्पादनको अन्तिम तयारीमा रहेको छ ।

आयोजनाको निर्माण कार्य सम्पन्न भएसँगै परीक्षण उत्पादनको तयारीमा रहेको आयोजनाका कम्पनी सचिव लक्ष्मीनिधि रिजालले बताएका छन । उनका अनुसार आयोजनाको विद्युत गृह, पेनस्टक पाइप, ‘सर्ज ट्याङ्क’, बाँध, बालुवा थिग्राउने पोखरी, बाँधदेखि पोखरीसम्म नहर निर्माण, डिसेण्डर बेसिनलगायत विद्युत् उत्पादनका लागि आवश्यक पर्ने सम्पूर्ण तयारी पूरा भएपछि आयोजना अन्तिम अनुगमनसहित परीक्षण उत्पादनको तयारीमा जुटेको हो ।

Bajaj Advertisement
Suzuki SPresso
Nepaltop Water Tank Sab Thik Thak Bizkhabar TWS

म्याग्दीमा निजी क्षेत्रको पहलमा जिल्लामै पहिलोपटक २०७१ सालबाट निर्माण थालिएको आयोजनाको सुरुङ हुँदै ल्याइएको घलेम्दीखोलाको पानीलाई १५० मिटरको उचाइबाट विद्युत् गृहमा खसालेर विद्युत् उत्पादन गरिने भएको छ ।

आयोजनाको पहिलो चरणमा उत्पादन भएको विद्युतलाई दानामा सबस्टेशन निर्माणाधीन अवस्थामै रहेकाले तातोपानी साना जलविद्युत् आयोजनाको प्रसारण लाइनमार्फत केन्द्रीय प्रसारण लाइनमा जोडिने भएको छ । निर्माणाधिन दाना सबस्टेशन सञ्चालनमा नआउन्जेलसम्म तातोपानी साना जलविद्युत् आयोजनाको प्रसारण लाइनमार्फत नै प्रसारण गरिने कम्पनी सचिव रिजालले बताए ।

आयोजनाबाट उत्पादन हुने विद्युतलाई विद्युत प्राधिकरणले खरीद गर्नेछ । वार्षिक साढे १८ करोड रुपैयाँ बराबरको विद्युत् खरिद गर्ने प्राधिकरणले बर्खायाममा ४ रुपैयाँ ८० पैसा र हिउँदमा ८ रुपैयाँ ४० पैसामा प्रतियुनिट विद्युत् खरिद गर्ने उल्लेख छ ।

म्याग्दीका उद्योगी, व्यवसायी र सर्वसाधारणको गरी कूल ९२ करोड रुपैयाँ लगानीमा सुरु गरिएको उक्त आयोजनाको लागत बढेर १ अर्ब २० करोड रुपैयाँ पुग्ने अनुमान गरिएको रिजालले जानकारी दिएका छन/रासस


फेसबूक कमेन्ट गर्नुहोस्

DMCA.com Protection Status