Logo

आन्दोलनमा उत्रदै पेट्रोलियम ढुवानी व्यवसायी, साउन १ देखि ढुवानी ठप्प

आन्दोलनमा उत्रदै पेट्रोलियम ढुवानी व्यवसायी, साउन १ देखि ढुवानी ठप्प



काठमाडौं । पेट्रोलियम ढुवानी व्यवसायी महासंघले आन्दोलन गर्ने चेतावनी दिएको छ । महासंघले सरकारले आफ्ना मागहरु १५ दिनभित्र पुरा नगरे पेट्रोलियम पदार्थको ढुवानी नै रोक्दै आन्दोलन गर्ने जानकारी दिएको हो ।

सोमबार बसेको महासंघको केन्द्रीय कार्यसमिति बैठकले साउन १ गतेदेखि पेट्रोलियम ढुवानी ठप्प पार्ने घोषणा गरेको हो । कार्यसमितिको बैठकले पाँच बुँदे माग प्रस्तुत गर्दै अझै एक वर्ष ट्याङ्करहरु भ्याटमा दर्ता हुन नसक्ने समेत उल्लेख गरेको छ । महासंघले ट्यांकरहरुको बैंक ऋण फुकुवा गर्ने तथा ऋण फुकुवा भएपस्चात भ्याटमा जान समय लाग्ने जानकारी दिएका छन ।

महासंघले ट्याङ्कर चलाउँदा खर्च हुने डिजलको भ्याट फिर्ता पाउने, ट्याङ्करहरु भ्याटमा जानका लागि हाल सञ्चालनमा रहेका ट्याङ्करहरुको ह्रास कट्टी मूल्य तय हुनु पर्ने, हाल भ्याटमा दर्ता नभएका त्यस्ता गाडीहरु दर्तापश्चात बिक्री गर्दा भ्याट नलाग्ने लगायतका व्यवस्था गरिदिन माग गरेका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL