Logo

आजदेखि सुरु भयो पेट्रोलियम अन्वेषण, ३ स्थानमा खटियो चिनियाँ टोली

आजदेखि सुरु भयो पेट्रोलियम अन्वेषण, ३ स्थानमा खटियो चिनियाँ टोली



काठमाडौं । नेपालमा पेट्रोलियम पदार्थको अन्वेषण गर्न आएको चिनियाँ टोलीले आजदेखि विधिवत रुपमा काम सुरु गर्ने भएको छ । गत शनिबार नेपाल आईपुगेको चिनियाँ भुगर्भविद्हरुको टोलीले आजदेखि औपचारिक रुपमा काम सुरु गर्ने भएको हो ।

laxmi

शनिबार आईपुगेको १ टोलीको समुह ३ टोलिमा परिणत हुँदै बुटवल, पाल्पा तथा दैलेखको पादुकामा बिहीबारदेखि पेट्रोलियम पदार्थको अन्वेषण सुरु गर्ने खानी तथा भुगर्भ विभागका उपमहानिर्देशक तथा पेट्रोलियम अन्वेषण आयोजना प्रमुख सुधिर रजौरेले जानकारी दिए । उनका अनुसार टोली शनिबार नेपाल आईपुगेको भएपनि ३ दिनसम्म छलफल तथा योजना बनाईएको र बुधबार उक्त टोली आ–आफ्नो कार्यक्षेत्रका लागि प्रस्थान गरेको हो ।

एकैदिन नेपाल आईपुगेको चिनियाँ टोली ३ छुट्टाछुट्टै टोली बनाएर ३ क्षेत्रमा खटिने भएको हो । नेपालको पाल्पा, बुटवल, दैलेख लगायतका स्थानमा पेट्रोलियम पदार्थ रहेको अनुमान लगाईएपनि औपचारिक काम भने अघि बढ्न सकेको थिएन । तसर्थ यसपाली भने चिनियाँ ३ टोलीले ३ बर्षसम्म ड्रिलिङ गरेर विभिन्न ३ क्षेत्रमा पेट्रोलियम पदार्थको भण्डार क्षमता तथा आर्थिक रुपमा सम्भाव्य छ या छैन भनेर जाँच गर्नेछन ।

तर पेट्रोल भएको खण्डमा पनि निकाल्ने काम भने चिनियाँ टोलीले तत्काल गर्ने छैन । उक्त ३ क्षेत्रहरुमा पेट्रोलको भण्डारण पत्ता लगाईएपश्चात आर्थिक सम्भाव्यता हेरेर मात्रै पेट्रोल निकाल्ने या ननिकाल्ने भन्ने निर्णय हुने विभागका उपमहानिर्देशक रजौरेले जानकारी दिए । चिनियाँ टोली गत बैशाखमै नेपाल आउने भनिएपनि विभिन्न कारणले आउन ढिलाई गरेको थियो ।

नेपाल आईपुगेको ३ दिन खानी तथा भुगर्भ विभागसँगको छलफल पछि आज देखी नै काम सुरु गर्ने भएको हो । २०७२ सालमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पहिलो कार्यकालमा नेपाल चीनबीच पेट्रोलियम अन्वेषण गर्ने सम्बन्धी सम्झौता गरेका थिए । सोही अनुसार अघिल्लो बर्षको फागुन १६ गते चाईना जिओलोजिकल सर्भे र नेपालको खानी तथा भुगर्भ विभागबीच चीनमा खानी अन्वेषण गर्ने सम्बन्धी द्धिपक्षिय समझदारी पत्रमा हस्ताक्षर भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL