Logo

रेडबुल जस्तै देखिने रेडब्लुको आयातमा रोक, ५ हजार जरिवाना

रेडबुल जस्तै देखिने रेडब्लुको आयातमा रोक, ५ हजार जरिवाना



काठमाडौं । सरकारले रेडबुल जस्तै देखिने रेडब्लुको आयातमा रोक लगाएको छ । सरकारले इनर्जी ड्रिंक रेडबुलको जस्तै प्याटेन्ट चोरेको आरोपमा रेडब्लुको आयातमा रोक लगएको हो ।

पेटेन्ट डिजाइन ट्रेडमार्क ऐन, २०२२ अनुसार रेडबुलमा भएकोजस्तो जुधिरहेका गोरुको चित्र भएको रेड ब्लुको आयात रोक्का गरिएको उद्योग विभागले जानकारी दिएको छ ।

रेडबुल आयात गरी बिक्री वितरण गर्दै आएको गोर्खा ब्रुअरीले गोरू जस्तो देखिने चित्र ट्रेडमार्क चोरी भएको भन्दै गत बैशाखमा उद्योग विभागमा उजुरी हालेको थियो।

जेठमा उद्योग विभागले छानविन गरी ट्रेडमार्क चोरी भएको प्रमाणित गर्दै आयातामा रोक लगाएको हो । उद्योग विभागले उक्त ट्रेडमार्क चोरी भएको प्रमाण पाएपछि रेड ब्लुसँग ५ हजार जरिवाना लिएको छ ।

विभागले पेटेन्ट डिजाइन ट्रेडमार्क ऐन, २०२२ अनुसार कसैको बौद्धिक सम्पत्ति चोरी गरेमा ५ हजार जरिवाना लाग्ने नियम उपर टेकेर उक्त ५ हजार रुपैयाँ लिएको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL