Logo

निर्यातमा अनुदान पाईने बस्तुमा जुत्ताचप्पल पनि, आयात प्रतिस्थापन कहिले ?

निर्यातमा अनुदान पाईने बस्तुमा जुत्ताचप्पल पनि, आयात प्रतिस्थापन कहिले ?



काठमाडौं । सरकारले जुत्ताचप्पल निकासी गर्दा पनि अनुदान दिने भएको छ । उद्योग वाणिज्य तथा आपुर्ती मन्त्रालयले निर्यात अनुदानसम्बन्धी कार्यविधि संशोधन गर्दै जुत्ताचप्पललाई पनि निर्यात अनुदान दिईने वस्तुमा समावेश गरेको हो ।

मन्त्रालयले यसअघि विभिन्न २६ बस्तुमा दिँदै आएको नगद प्रोत्साहन अब जुत्ता चप्पलको निर्यातमा पनि दिने भएको छ । मन्त्रालयले निर्यातमा अनुदान दिईने मुल कार्यविधिको अनुसुची २ को खण्ड ख को ११ पछि १२ थप्दै त्यसमा जुत्ताचप्पल (फुटवेयर) बुँदा राखेको छ ।

मन्त्रालयले उक्त कार्यविधिका विभिन्न बुँदाहरुमा संशोधन गर्दै मुल कार्यविधिका प्रायजसो शब्द तथा वाक्यांस समायोजन गरेको छ ।

नेपालमा चुत्ताचप्पल आयात भइरहेको अवस्थामा सरकारले भने निर्यातमा अनुदान दिने बताएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार बार्षिक नेपाली जनता बराबरको चुत्ता चप्पल आयात हुँदै आएको छ । हाल कतिपय नेपालका जुत्ता चप्पल उद्योगीहरुले समेत भारत तथा चीनमा आफ्नो ट्याग राखेर चुत्ता चप्पल निर्माण गरी आयात गर्दै आएका छन् ।

यस्तो छ संशोधित कार्यविधि :

प्रतिक्रिया दिनुहोस्
MBL