Logo

घरेलु तथा साना उद्योगको ब्राण्डिङ गर्न माग, उद्योगमुखी बजेट ल्याएको अर्थमन्त्रीको दावी

घरेलु तथा साना उद्योगको ब्राण्डिङ गर्न माग, उद्योगमुखी बजेट ल्याएको अर्थमन्त्रीको दावी



काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका प्रसाद यादवले लघु, घरेलु तथा साना उद्योगहरूको ब्राण्डिङ गर्नुपर्ने धारणा राखेका छन । बुधबारदेखि शुरु भएको ‘राष्ट्रिय औद्योगिक प्रदर्शनी तथा उत्कृष्ट लघु घरेलु तथा साना उद्यमी पुरस्कार–२०७६’ को उद्घाटन गर्दै उनले मुलुकको आर्थिक समृद्घिको मुख्य आधार लघु घरेलु तथा साना उद्योग भएको भन्दै यस्ता उद्योगहरुको ब्राण्डिङमा जान सुझाव दिएका हुन ।

laxmi

‘नेपालीको क्रयशक्ति बढेको छ हामी ब्राण्ड खोज्छौं,’ उनले भने, ‘तर विना ब्राण्डका नेपाली उत्पादन हेर्ने वित्तिकै मनपर्छ त्यसैले हाम्रा उद्योगको प्रविधि सुधार गर्दै आफ्नै ब्राण्ड बनाऔं ।’
नेपाल सरकार, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, उद्योग विभागको आयोजना तथा नेपाल घरेलु तथा साना उद्योग महासंघको सह–आयोजनामा बुधबारदेखि भृकुटीमण्डप, काठमाडौंमा ३० औं राष्ट्रिय लघु, घरेलु तथा साना औद्योगिक प्रदर्शनी–२०७६ को नामबाट शुरु भएको छ ।

मुलुकमा उद्योग धन्दा सञ्चालन र विकासको वातावरण बनाउनेतर्फ सरकार केन्द्रित रहने भन्दै उनले स्वदेशी उद्योगहरुको विकास विना आर्थिक समृद्धिको कल्पना गर्न नसकिने बताएका छन ।
‘समृद्ध नेपाल, सुखी नेपाली’ भन्ने सरकारको नारालाई पुरा गर्नका लागि यस्ता उद्योगहरुको प्रवद्र्घन, विकासमा ध्यान दिनुपर्ने उनको भनाई थियो ।

अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालको अर्थतन्त्रमा ठूलो योगदान पु¥याउँदै आएका साना तथा घरेलु उद्योगहरुका लागि आगामी आर्थिक वर्षको बजेटमा प्रोत्साहन गर्ने हिसाबको बजेट विनियोजन भएको बताएका छन ।

उद्योगको क्षेत्रमा लगानी गर्नको लागि केही पछाडी परेको स्वीकार गर्दै उनले अब यस्तो समस्या नदोहोरिने भन्दै आगामी वर्षको बजेटले उद्योगलाई उचित प्राथमिकता दिएको बताए । “आर्थिक समृद्धिका लागि उद्योग खोलौं, औद्योगिकरणका लागि सवै जुटौं” भन्ने मूल नाराका साथ आगामी आइतबारसम्म सञ्चालन हुने प्रदर्शनीमा जम्मा २०० लघु घरेलु तथा साना उद्योगका उत्पादनहरुको स्टल रहेको छ । सो मध्ये ७७ जिल्लाबाट प्रति जिल्ला कम्तिमा एक उद्यमीको सहभागिता सुनिश्चितता गरिएको छ ।

प्रदर्शनीको १ लाख ५० हजारले अवलोकन गर्ने र ५ करोड भन्दा बढिको आर्थिक कारोबार हुने अपेक्षा आयोजनाले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL