Logo

व्यबसाय विस्तार गर्न महासंघ प्रतिनिधि मण्डल युरोप भ्रमणमा, प्रधानको नेतृत्वमा ५७ जना प्रश्थान

व्यबसाय विस्तार गर्न महासंघ प्रतिनिधि मण्डल युरोप भ्रमणमा, प्रधानको नेतृत्वमा ५७ जना प्रश्थान



काठमाडौं । नेपाल र यूरोपेली राष्ट्रहरू बीच आर्थिक एवं व्यापारिक सम्बन्ध विस्तार गर्न नेपाल उद्योग वाण्ज्यि महासंघको एक प्रतिनिधिमण्डल युरोप भ्रमणमा गएको छ । लगानी एवं पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किशोरकुमार प्रधानको नेतृत्वमा ५७ सदस्यीय महासंघको प्रतिनिधिमण्डल मंगलबार स्वीजरल्याण्ड प्रस्थान गरेको हो ।

laxmi

प्रतिनिधिमण्डलले स्वीजरल्याण्ड सहित फ्रान्स, जर्मनी, बेल्जियम, इटाली र नेदरल्याण्डको भ्रमण गर्नेछ । भ्रमणका क्रममा बेल्जियम र फ्रान्समा व्यवसायिक भेटवार्ताको आयोजना समेत हुने महासंघले जानकारी दिएको छ । सो क्रममा प्रतिनिधिमण्डलले आर्थिक÷व्यवसायिक सम्बन्ध विस्तारका साथै नेपालले आयोजना गर्न लागेको भ्रमण वर्ष २०२० को प्रवद्र्धन समेत गर्नेछ ।

राजनीतिक स्थिरता, स्थिर सरकार र हालै सम्पन्न लगानी सम्मेलन समेतलाई भ्रमणका दौरानमा हुने व्यवसायिक भेटवार्तामा नेपाली प्रतिनिधिमण्डलले यूरोपियन लगानीकर्तालाई नेपालमा लगानीका लागि आग्रह गर्नेछ । साथै प्रतिनिधिमण्डलले सो अवसरमा हुने व्यवसायिक भेटवार्तामा नेपालमा रहेको लगानीको वातावरण, नीतिगत सुधार आदिका विषयमा समेत प्रष्ट पार्नेछ ।

भ्रमणका क्रममा महासंघको प्रतिनिधिमण्डल अन्तराष्ट्रिय श्रम संगठनको जेनेभामा हुने बैठक तथा प्रधानमन्त्रीको फ्रान्स भ्रमणका क्रममा हुने बैठकहरूमा समेत सहभागी हुने कार्यक्रम
छ । यूरोप र नेपालका व्यवसायीहरू बीच अनुभव आदान–प्रदान हुने उक्त व्यवसायिक भ्रमण महत्वपूर्ण हुने प्रतिनिधिमण्डलका नेता एवं महासंघका उपाध्यक्ष प्रधानले जानकारी दिए ।

महासंघको प्रतिनिधिमण्डलका सदस्यहरूमा महासंघका प्रदेश नं. १ का अध्यक्ष्ँ नरेन्द्र कुमार खड्का, कार्यकारिणी समिति सदस्य मनिषलाल प्रधान, निवर्तमान कार्यकारिणी समिति सदस्य सुदर्शन कार्की, जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष्ँ, पदाधिकारी एवं प्रतिनिधि उद्यमी व्यवसायीहरू रहेका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL