Logo

पेट्रोलियम पदार्थको मूल्य बढ्यो, हेर्नुहोस कति रुपैयाँ पुग्यो

पेट्रोलियम पदार्थको मूल्य बढ्यो, हेर्नुहोस कति रुपैयाँ पुग्यो



काठमाडौं । सरकारले बजेटमार्फत पेट्रोलियम पदार्थमा कर बढाएसँगै पेट्रोलियम पदार्थको मूल्य बढेको छ ।

laxmi

नेपाल आयल निगमले बुधबार रातीदेखि नै लागु हुनेगरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । अर्थमन्त्री डा. युवराज खतीवडाले आगामी आर्थिक बर्षको बजेट भाषण गर्र्दै पेट्रोलियम पदार्थमा १ रुपैयाँले करवृद्धि गरेपछि निगमले पनि हिजैबाट लागु हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको साविकको खुद्रा मूल्यमा वृद्धि गरेको हो ।

निगमले पेट्रोलको मूल्यमा १ दशमलव ५० रुपैयाँ वृद्धि गरी १ सय ११ रुपैयाँ, डिजेल र मट्टितेलमा १ दशमलव ५० रुपैयाँ वृद्धि गरी ९८ दशमलव ५० रुपैयाँ पुर्याएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL