Logo

नेपाली उद्योगले सिमेन्ट उत्पादन बढाएसँगै खस्कियो आयात, ८५ प्रतिशत नेपाली सिमेन्ट प्रयोग

नेपाली उद्योगले सिमेन्ट उत्पादन बढाएसँगै खस्कियो आयात, ८५ प्रतिशत नेपाली सिमेन्ट प्रयोग



काठमाडौं । नेपालमा ठूला सिमेन्ट उद्योग स्थापना हुने क्रम बढेसँगै विदेशबाट सिमेन्ट आयात हुने क्रम घटेको छ ।

laxmi

नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार नेपालमा सिमेन्ट आयात हुने मुख्य देश भारतबाट चालू आबको ८ महिनामा यसको आयात घटेको हो ।

तथ्याङ्क अनुसार चालु आर्थिक बर्षको ८ महिनामा भारतबाट जम्मा ११ अर्बको सिमेन्ट आयात भएको छ । जुन अघिल्लो बर्षको सोही अवधिको तुलनामा ३५ प्रतिशतले कम हो । नेपाल राष्ट्र बैंकका अनुसार अघिल्लो आर्थिक बर्षको पहिलो ८ महिनामा भारतबाट १७ अर्ब रुपैयाँ बराबरको सिमेन्ट आयात भएको थियो । नेपालमा हाल दैनिक हजारौं टन सिमेन्ट उत्पादन गर्ने प्लान्टको स्थापना हुँदा बाहिरबाट आउने सिमेन्टमा कमि आएको सम्बद्ध व्यबसायीहरु बताउँछन ।

ब्यबसायीहरुका अनुसार चिनियाँ तथा नेपालीको संयुक्त लगानीमा दैनिक ६ हजार मेट्रिक टन सिमेन्ट उत्पादन क्षमताको होङ्सी शिवम सिमेन्ट संचालनमा आएको छ । यस्तै अन्य लगानीमा पनि विभिन्न सिमेन्ट उद्योगहरु संचालनमा रहेका छन । साथै नेपालमा संचालित अन्य सिमेन्ट उद्योगहरुले पनि आफ्नो क्षमतामा विस्तार गर्दै आएका छन् ।

नेपालमा सिमेन्टको कुल खपत हाल ७० देखि ८० लाख टन रहेको छ जसमध्ये नेपाली उद्योगहरुले खपतको करिव ८५ प्रतिशत सिमेन्ट आपुर्ती गरिरहेका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL