Logo

शंकर र अम्बे ग्रुपको रिद्धिसिद्धि सिमेन्ट बजारमा, दैनिक ३ सय टन उत्पादन

शंकर र अम्बे ग्रुपको रिद्धिसिद्धि सिमेन्ट बजारमा, दैनिक ३ सय टन उत्पादन



काठमाडौं । शंकर ग्रुप तथा अम्बे ग्रुपको संयुक्त सहकार्यमा उत्पादित रिद्धिसिद्धि सिमेन्ट सार्वजनिक गरिएको छ । आईतबार एक कार्यक्रमका बीच ‘लेजर सिल प्याकेजिङ’ तथा ‘रोबो ल्याव सिस्टम’सहित उत्पादित ओपीसी सिमेन्ट सार्वजनिक गरिएको हो ।

शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल तथा अम्बे ग्रुपका अध्यक्ष शोभाकर हरी न्यौपानेले उक्त सिमेन्ट सार्वजनिक गरेका हुन । सिमेन्टमा युरोपेली प्रविधिको प्रयोग गर्दै अन्य सिमेन्टको तुलनामा उत्कृष्ट भएकाले रिद्धिसिद्धि सिमेन्ट अन्य सिमेन्ट भन्दा फरक भएको सिमेन्टका निर्देशक आनन्द नेपालले जानकारी दिए । उनका अनुसार रोबोटीक्स प्रविधिद्धारा सिमेन्टको ल्याबटेस्ट गरिनुका साथै सिमेन्टको बोरा लेजरद्धारा सिलप्याक गरिनेछ ।

उनले रिद्धिसिद्धि सिमेन्ट हालसम्म नेपालमा रोबोटिक्सद्धारा ल्याब टेस्ट हुने सिमेन्ट उद्योगमा पहिलो भएको बताएका छन । कम्पनीले हेटौडा रातामाटेमा ४० बिघा क्षेत्रफलमा आफ्नो प्लान्ट स्थापना गर्ने भएको छ ।

कम्पनीले आफ्नो प्लान्टबाट करिव ५० किलोमिटर टाढा निबुवाटार रा राक्सीराङका खानीबाट चुनढुङगा ल्याउने जानकारी दिएको छ । कम्पनीले दैनिक ३ सय टन सिमेन्ट उत्पादन गर्ने जानकारी दिएको छ । अम्बे ग्रुपका अध्यक्ष शोभाकरहरी न्यौपानेले १० अर्ब स्वदेशी लगानीमा उक्त कम्पनी स्थापना गरिएको बताएका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL