Logo

३० औं घरेलु तथा साना औद्योगिक प्रदर्शन २०७६ हुँदै, ७५ लाखको लगानीमा ५ करोड कारोबारको लक्ष्य

३० औं घरेलु तथा साना औद्योगिक प्रदर्शन २०७६ हुँदै, ७५ लाखको लगानीमा ५ करोड कारोबारको लक्ष्य



काठमाडौं । आगामी बैशाख २६ गतेदेखि ३० औं राष्ट्रिय लघु घरेलु तथा साना औद्योगिक प्रदर्शनी २०७६ आयोजना हुने भएको छ । ५ दिनसम्म चल्ने उक्त प्रदर्शनी काठमाडौंको भृकुटीमण्डपमा नेपाल सरकारको आयोजनामा हुन लागेको हो । आयोजक उद्योग विभागका अनुसार नेपालमा रहेका विभिन्न साना तथा घरेलु औद्योगिक उत्पादनको प्रवद्र्धन गर्न तथा आयात प्रतिश्थापनमा सहयोगीको भुमिका निर्वाह गर्न उक्त प्रदर्शनी गर्न लागिएको हो ।

laxmi

नेपालमा ४ लाख १८ हजार ५२ घरेलु र साना उद्योगहरु दर्ता भएपनि हालसम्म विभागको तथ्याङ्कमा मुलुकभर दर्ता कायम भएको उद्योगहरुको संख्या भने जम्मा ३ लाख २१ हजार १३ देखिन्छ । जसमध्ये घरेलु उद्योगको संख्यामात्रै १७ हजार २ सय ८९ रहेको छ । हालसम्म घरेलु तथा साना उद्योगमा मात्रै ४ खर्ब ११ अर्ब लगानी रहेको छ ।

यस्तै नेपालको कुल निर्यातको ७० प्रतिशत र कुल ग्राहस्थ उत्पादनमा औद्योगिक क्षेत्रको ६ प्रतिशत योगदानमा ९० प्रतिशत घरेलु तथा साना उद्योगले बेहोरीरहेको विभागका महानिर्देशक विनोद प्रकास सिंहले जानकारी दिए । उनका अनुसार नेपालमा उत्पादन हुने विभिन्न वस्तुहरुको प्रवद्र्धन गर्ने उद्देष्यले नै उक्त प्रदर्शनीको आयोजना गर्न लागिएको हो ।

‘आर्थिक समृद्धिका लागि उद्योग खोलौं, औद्योगिकरणका लागि सबै जुटौं भन्ने नारासहित हुन लागेको उक्त प्रदर्शनीमो २ सय ५ भन्दा बढि स्टल रहने नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष श्याम प्रसाद गिरीले जानकारी दिए । उनका अनुसार करिव ७५ लाखको लागत रहने उक्त प्रदर्शनीबाट ५ दिनमा ५ करोड बराबरको आर्थिक कारोबार गर्ने लक्ष्य लिईएको छ । यस्तै प्रदर्शनीमा ७७ ओटै जिल्लाका लघु, घरेलु तथा साना उद्यमीहरुको समेत सहभागिता रहने उनले जानकारी दिएका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL