Logo

अरुण तेस्रो र कालिगण्डकी जलविद्युतको लागि लगानी जुट्यो, भारतीय र चिनियाँ कम्पनीले लगानी गर्ने

अरुण तेस्रो र कालिगण्डकी जलविद्युतको लागि लगानी जुट्यो, भारतीय र चिनियाँ कम्पनीले लगानी गर्ने



काठमाडौं । भारतीय कम्पनी सतलज जलविद्युत निगमले निर्माण गरिरेको अरुण तेस्रोमा लगानी जुटेको छ ।

लगानीका लागि तीन बैंकले सतलज कम्पनीसँग प्रतिवद्धता गरेका हुन् । लगानी सम्मेलनमा यसका लागि लगानी जुटेको घोषणा भएको हो ।

९ सय मेगावाटको यो परियोजनामा स्टेट बैंक अफ इन्डिया, एभरेस्ट बैंक र नबिल बैंकले संयुक्त रुपमा लगानी गर्ने भएका छन ।

त्यस्तै १६४ मेगावाटको कालीगण्डकी जलविद्युत आयोजनाको लागि युनान सिन्ह्वा वाटर कम्पनीबीच लगानी सम्बन्धी समझदारी भएको छ ।

१६४ मेगावाटको परियोजनाका लागि भएको समझदारीमा चिनियाँ कम्पनीका प्रतिनिधि र हाइड्रो सोलुसनका प्रमुख ज्ञानेन्द्रलाल प्रधानबीच हस्ताक्षर भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL