Logo

जापानको निर्यातमा निरन्तर गिरावट, आर्थिक वृद्धिदरमा असर पर्ने अनुमान

जापानको निर्यातमा निरन्तर गिरावट, आर्थिक वृद्धिदरमा असर पर्ने अनुमान



काठमाडौं । जापानको निर्यात दरमा गत फेब्रुअरीमा पनि गिरावट देखिएको छ । जापान सरकारले सोमबार सार्वजनिक तथ्याङ्कमा जापानको निर्यातमा गत डिसेम्बरदेखि निरन्तर तेस्रो महिनासम्म गिरावट देखिएको हो । हुनत जापानको आयात दर पनि यो समयमा घटेको देखिएको छ ।

laxmi

कारोबारमा देखिएको गिरावटले विश्वको तेस्रो ठूलो अर्थतन्त्रले सन् २०१९ का लागि निर्धारण गरेको आर्थिक वृद्धि दरको लक्ष्यमा नकारात्मक प्रभाव त छोड्ने होइन, विश्लेषकहरू झस्किएका छन् ।

गत बर्षको सोही समयमा जापानको निर्यात दर ६ दशमलव ७ प्रतिशत अर्थात् ६ दशमलव ३८ ट्रिलियन यन रहेकोमा यस बर्ष यसबाट १ दशमलव २ प्रतिशतको कमी आएको हो । त्यस्तै आयातमा पनि निकै कमी आएको छ अर्थात् जापानको आयातमा पनि यस बर्ष ६ दशमलव ७ प्रतिशतले कमी आई ६ दशमलव ०५ ट्रिलियन यन कायम भएको छ ।

प्रविधि क्षेत्रको सामानको मागमा आएको ह्रास र समग्र सामानको आयात तथा निर्यातमा देखिएको गिरावटले विश्वको तेस्रो ठूलो अर्थतन्त्र जापानलाई तत्काल सोच्न बाध्य बनाएको छ, मिजुहो रिसर्च इन्स्टिच्युटका अर्थशास्त्री आसुको साकामोतोले एएफपीसँगको कुराकानीमा भने ।
साकामोतोले भने, ‘आयातमा देखिएको कमजोर तथ्याङ्कले जापानी बजारमा यहाँका कम्पनीद्वारा गर्दै आएको उत्पादनमा आएको गिरावटलाई प्रतिबिम्बित गरेको र यसले जापानी अर्थतन्त्रमा पार्नसक्ने प्रभावप्रति चासो बढेको छ ।”

विश्लेषकहरूले जापानी अर्थतन्त्रको समस्या आउनसक्ने आधारलाई मध्यनजर गर्दैै निर्यात तथा कर्पोरेट लगानीलाई नजिकमा रहेर नियालीरहेका छन ।, उनले भने ।
यद्यपि उक्त समयमा जापानको चीन निर्यात हुने सामानमा ५ दशमलव ५ प्रतिशतले वृद्धि आएको छ । आयातमा १५ दशमलव ८ प्रतिशतले कमी आएको छ । यसबाट अमेरिका–चीन व्यापार विवादको लाभ चीनसँगको कारोबारका हिसाबले जापानले लिएको देखिन्छ । जापानमा यस बर्ष चीनबाट हुने कपडा, धातुजन्य उत्पादन र श्रव्यदृष्य सामग्रीको आयातमा कमी आएको देखिएको छ ।

राजनीतिकरूपमा अमेरिकासँग अत्यधिक संवेदनशील रहने जापानको अर्थबजारमा अघिल्लो बर्षको तुलनामा यो बर्ष ० दशमलव ९ प्रतिशतले कमी आउँदा ६ खर्ब २४ अर्ब ९० करोड जापानी यनको कारोबार भएको थियो ।

त्यस्तै यूरोपेली यूनियनसँगको कारोबारमा ५८ अर्ब २ करोड यनको लाभ भएको देखिएको छ ।
फेब्रुअरीमा जापानको जम्मा व्यापार नाफा ३ खर्ब ३९ अर्ब जापानी यन कायम हुन आएको तथ्याङ्क छ ।राससएफपी

प्रतिक्रिया दिनुहोस्
MBL