Logo

८ महिनामै उर्जा क्षेत्रमा ९० अर्बको स्वदेशी लगानी, १९ आयोजनाबाट ५ सय मेगावाट उत्पादन

८ महिनामै उर्जा क्षेत्रमा ९० अर्बको स्वदेशी लगानी, १९ आयोजनाबाट ५ सय मेगावाट उत्पादन



काठमाडौं । चालु आर्थिक बर्षको ८ महिनामा स्वदेशी लगानीका मात्र ९० अर्ब बराबरका जलविद्युत आयोजनामा लगानी प्रतिवद्धता आएको छ ।

उद्योग विभागको पछिल्लो तथ्यांकअनुसार सौर्य उर्जा, बायु उर्जा तथा जलविद्युत लगायतका १९ ठूला उर्जा क्षेत्रमा सोही अनुसारको लगानी प्रतिबद्धता आएको हो ।

स्वदेशी लगानीमै बन्न लागेका उर्जा क्षेत्रका विभिन्न १९ परियोजनामा ८९ अर्ब ६४ करोड ८५ लाख रुपैयाँ लगानीको प्रतिवद्धता आएको विभागले जानकारी दिएको छ ।

चालु आर्थिक बर्षको साउन देखि फागुन १५ गतेसम्म ४ सय ९८ मेगावाट क्षमताका आयोजनामा लगानी प्रतिवद्धता आएको हो । जसमध्ये सिचुवान वाईपिङ जलविद्युत आयोजनाले मात्र ४५ अर्ब रुपैयाँ बराबरको २ सय ३५ मेगावाट जलविद्युत उत्पादन गर्ने भएको हो ।

सिचुवानले कम्पनीले विभागमा अञ्जु पौडेलको नाममा कम्पनी दर्ता गर्दै लगानी प्रतिवद्धता गरेको हो । यस्तै सोही अवधिमा सौर्य उर्जामार्फतका २९ मेवा क्षमताका आयोजनामा लगानी प्रतिवद्धता आएको छ ।

विभागले उपलब्ध गराएको तथ्यांकका आधारमा चालु आबको माघ महिनामा धनुसाको मिथिला नगरपालिकामा १० मेगावाट क्षमताको सौर्य उर्जा प्लान्ट स्थापनाका लागि लगानी प्रतिवद्धता आएको छ । उक्त प्लान्ट भने नेपाल र भारतका लगानीकर्ताको संयुक्त लगानीमा निर्माण हुने विभागले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL