Logo

होटल र उद्योगमा २० अर्ब लगानी गर्दै चौधरी ग्रुप, गत बर्ष तिर्याे ९ अर्ब ६७ करोड राजश्व

होटल र उद्योगमा २० अर्ब लगानी गर्दै चौधरी ग्रुप, गत बर्ष तिर्याे ९ अर्ब ६७ करोड राजश्व



काठमाडौं । चौधरी ग्रुपले चालु आर्थिक बर्षमा करिव २० अर्ब रुपैयाँ लगानीका विभिन्न होटल तथा उद्योगहरु संचालनमा ल्याउने भएको छ । ग्रुपले सपिङ मल देखि जलविद्युत सम्मका आयोजनामा करिव २० अर्ब रुपैयाँ लगानी गर्ने भएको हो ।

laxmi

उक्त योजना अन्तरगतका केही प्रोजेक्ट सम्पन्न भईसकेका छन् भने केही कार्यान्वयन चरणमा रहेका ग्रुपले जानकारी दिएको छ । यस्ता मुख्य प्रोजेक्टहरुमा पाल्पामा देशकै ठूलोमध्येको एक खानीसहितको सिमेन्ट उद्योग, काठमाडौंमा ताज भिभान्ता होटल, चितवनमा सपिङ मल, होटल सहित मल्टिप्रपोज मल ‘ल्याण्डमार्क’, सुनसरीमा सिजी इण्डस्ट्रियल पार्क, १८ मेगावाट क्षमताको मिडिल मोदी एवं ४४ मेगावाट क्षमताको सुपर मादी जलविद्युत् आयोजना लगायत रहेका छन् ।
सिजी इण्डस्ट्रियल पार्क नवलपुरमा रहेका उद्योगहरुको विस्तार र आधुनिकीकरणमा पनि लगानी विस्तार गरिएको छ । जसमा सिजी ब्रुअरी, प्याकेजिङ, स्न्याक्स फुड एवं सफ्ट ड्रिंक्स लगायतका उद्योग रहेका छन् ।

यस्तै चौधरी ग्रुप देशकै अत्याधुनिक प्रविधियुक्त डिजिटल टेलिकम कम्पनी ‘सिजी लाईफसेल’ कार्यान्वयनको तयारीमा रहेको छ । यस परियोजनामा मात्रै करिब २५ अर्ब लगानी हुनेछ । ग्रुपले प्रदेश नम्बर ५ को बर्दिया र प्रदेश नम्बर १ को सुनसरीमा पनि औद्योगिक पार्क स्थापना गरिरहेको छ ।

आर्थिक बर्ष २०७४÷०७५ मा चौधरी ग्रुप सम्वद्ध कम्पनीहरुले सरकारी राजश्वमा ९ अर्ब ६७ करोड रूपैयाँ योगदान गरेका छन । उक्त आर्थिक बर्षमा संकलन भएको कुल सरकारी राजश्वमा ग्रुप सम्वद्ध कम्पनीमार्फत गरिएको राजश्वको योगदान १ दशमलव ६४ प्रतिशत रहेको छ ।

चौधरी ग्रुपले आर्थिक बर्ष २०७३/०७४ को तुलनामा आर्थिक बर्ष २०७४/०७५ मा २२ दशमलव ७२ प्रतिशत बढि राजश्व सरकारी ढुकुटीमा दाखिला गरेको छ । उक्त बर्ष ग्रुपले ७ अर्ब ८८ करोड रूपैयाँ राजश्वमा योगदान गरेको थियो । आर्थिक बर्ष २०७२/०७३ को तुलनामा भने यो राजश्व ७३ प्रतिशतले बढि छ । उक्त बर्ष ग्रुपले ५ अर्ब ५९ करोड रूपैयाँ राजश्वमा योगदान गरेको थियो ।
‘सरकारी राजश्वमा उच्च योगदान पु¥याउन सकेकोमा हामी गौरवान्वित छौँ ।’

नेपालमा बढ्दो लगानी र फैलिदै गएको व्यवसायबाट अन्ततः रोजगारी श्रृजना र राजश्वमा हाम्रो योगदान बढ्दै गएको छ’, चौधरी ग्रुपका प्रवन्ध निर्देशक निर्वाण चौधरीले भने, ‘हामी उच्च व्यवसायिक मर्यादा एवं पारदर्शीतामा विश्वास गर्छौ । हाम्रो प्रयासले राष्ट्रिय विकासमा योगदान पुग्नेछ भन्ने हाम्रो अटल विश्वास छ ।’

प्रतिक्रिया दिनुहोस्
MBL