Logo

भूउपयोग र सेज विधेयक संसदबाट पारित, खेती गर्न नसक्ने जग्गा बैंकमा राखेमा पैसा

भूउपयोग र सेज विधेयक संसदबाट पारित, खेती गर्न नसक्ने जग्गा बैंकमा राखेमा पैसा



काठमाडौं । प्रतिनिधिसभाबाट भूउपयोग विधेयक र विशेष आर्थिक क्षेत्र ‘सेज’ पहिलो संशोधन विधेयक, २०७५ पारित भएको छ । प्रतिनिसभाको बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्याल र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले प्रस्ताव गरेका दुई विधेयक पारित भएका हुन ।

laxmi

भूउपयोग विधेयक पारित भएसँगै अबका दिनमा कसैले पनि खेतीयोग्य जमिनलाई बाँझो राख्न नपाउने भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले जानकारी दिईन । साथै जमीन बाँझो राख्न नपाउने व्यवस्थाका लागि स्थानीय तहमा जनचेतनामूलक अभियान समेत सञ्चालन गरिने उनको भनाई थियो ।

यदि कसैले जमीन उपयोग गर्न नसकेमा त्यसलाई बैंकमा राख्न पाउने र सोवापत निश्चित रकम जग्गाधनीलाई दिइने भएको छ । साथै त्यसरी बैंकमा राखेको जग्गा पछि जग्गाधनी आफैले जग्गा फिर्ता लिन चाहेमा पाइने समेत उनले जानकारी दिईन ।

यसैगरी यसअघि बैठकमा मन्त्री यादवले प्रस्तुत गरेको ‘सेफ गार्डस, एण्टिडम्पिङ तथा काउण्टरभेलिङ विधेयक, २०७५’ र अर्थमन्त्री युवराज खतिवडाले प्रस्तुत गरेको ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक, २०७५ लाई समेत सभाले स्वीकृत गरेको छ ।

‘सेफ गार्डस, एण्टिडम्पिङ तथा काउण्टरभेलिङ विधेयक, २०७५’ ले नेपाली उत्पादनको सुरक्षा र विदेशी वस्तुको प्रभावका कारण नेपाली वस्तु थुप्रने अवस्थाको अन्त्य गर्न सहयोग पुर्याउने मन्त्री यादवले जानकारी दिएका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL