Logo

नेपाल र बंगलादेशबीच दोहोरो कर उन्मुक्ति सम्झौता, ११ मुलुकसँग नेपालको सम्झौता

नेपाल र बंगलादेशबीच दोहोरो कर उन्मुक्ति सम्झौता, ११ मुलुकसँग नेपालको सम्झौता



काठमाडौं । नेपाल र बंगलादेशबीच दोहोरो कर उन्मुक्ति सम्झौता भएको छ ।

laxmi

उक्त सम्झौता पछि रोजगारी तथा व्यापारका लागि एक देशको नागरिकले अर्को देशमा बसेर आर्जन गरेको सम्पत्ती त्यही देशमा मात्रै कर तिर्दा हुने भएको छ ।

मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाको उपस्थितिमा राजस्व सचिव लालशंकर घिमिरे र बंगलादेशका राजस्व सचिव मसर्फ हुसैनले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन ।

दुवै देशको मन्त्रिपरिषद बैठकले पारित गरेपछि दोहोरो कर उन्मुक्तिसम्बन्धी सम्झौतामा हस्ताक्षर गरिएको हो । कार्यक्रममा नेपालका लागि बंगलादेशकी राजदूत मास्फी बिन्ते साम्सको पनि उपस्थिति रहेको थियो ।

सम्झौतासँगै दुवै देशलाई फाइदा पुग्ने राजस्व सचिव घिमिरले जानकारी दिएका छन । दुवै देशबाट लगानीका लागि वातावरण बनाउन पनि यो सम्झौताले सघाउ पुर्याउने सचिव घिमिरेले बताएका छन ।

पछिल्लो समय बंगलादेशबाट पनि नेपालमा लगानी गर्न चाहाने कम्पनीहरु भित्रिएका छन् । लगानी लिएर आउने यस्ता कम्पनीहरुलाई यो सम्झौताले आत्मबल बढाउने सरकारको अपेक्षा छ ।

राजस्व सचिव घिमिरेका अनुसार भारत, चीन, नर्वे, श्रीलंका, पाकिस्तान, दक्षिण कोरिया, थाइल्याण्डलगायत १० मुलुकसँग यस अघिनै सम्झौता गरिसकेका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL