Logo

ग्याँस उद्योगीले गुहारे प्रतिपक्षी नेता, प्रधानमन्त्रीलाई भेटेर समस्या समाधान गरिदिने देउवाको आश्वासन

ग्याँस उद्योगीले गुहारे प्रतिपक्षी नेता, प्रधानमन्त्रीलाई भेटेर समस्या समाधान गरिदिने देउवाको आश्वासन



काठमाडौं । यही फागुन ३० गतेदेखि सम्पूर्ण ग्याँस उद्योग बन्द गरेर हड्तालमा उत्रने घोषणा गरेका नेपाल ग्याँस उद्योग संघले आफ्ना मागलाई सम्बोधनका लागि सहयोग गरिदिन प्रतिपक्षी दलका नेताहरुलाई गुहार्न पुगेका छन् ।

संघले सरकार समक्ष आफ्ना मागलाई पुर्याई उक्त माग सम्बोधन गरिदिनका लागि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादूर देउवालाई भेट गरी आग्रह गरेका हुन् ।

भेटमा सभापति देउवाले ग्याँस उद्योग संघले राखेको मागको विषयमा आजै प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट गरी समस्या समाधानका लागि तत्काल पहल गर्ने आश्वासन दिएको संघले जानकारी दिएको छ ।

संघले गत हप्ता पत्रकार सम्मेलन गर्दै सरकारले आफ्ना माग पुरा नगरी फागुन १७ गतेदेखि चरणबद्ध अन्दोलनका कार्यक्रमको घोषणा गरेको थियो । जसमा ग्याँसको प्रडक्ट डेलिभरी अर्डर (पिडिओ) खरीद नगर्ने, देखि भारतबाटै ग्याँस उठाउन बन्द गर्ने फागुन ३० गतेदेखि ग्याँस बिक्रेताबाट बिक्रीवितरण नगर्ने कार्यक्रम घोषणा गरेका थिए ।

gas release

उनीहरुले ग्याँस आयातको कोटा निर्धारण ६÷६ महिनामा गरिनुपर्ने, नेपाली बुलेट संलानमा ल्याउनुपर्ने, ग्याँस उद्योगको संचालन खर्च र बिक्रेता तथा वितरकको कमिशन बढाउनुपर्ने, तराईमा घटाइएको कमिशन बढाउनुपर्ने लगायत माग राख्दै आन्दोलका कार्यक्रम सार्वजनिक गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL