Logo

नेपालको पानी जनताको लगानी कार्यक्रम, जनतालाई ३५ दिनमै सेयर

नेपालको पानी जनताको लगानी कार्यक्रम, जनतालाई ३५ दिनमै सेयर



काठमाडौं । सरकारले अबको ३५ दिन भित्रै जनताका लागि उर्जा क्षेत्रको सेयर आवेदन खोल्ने घोषणा गरेको छ ।

नेपालको पानी जनताको लगानी कार्यक्रमको उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले आजकै ३५ दिनमा अर्थात चैत्र ५ गते आवेदन खुल्ने र पहिलो सेयर आफै किन्ने बताएका हुन । ‘आजको ३५ दिनपछि गरिबका लागि उर्जाको सेयर खुल्नेछ,’ उनले भने, ‘ चैत्र ५ गते पहिलोपल्ट सेयर मैले किन्नेछु ।’

आजैदेखि सुरुवात गरिएको नेपालको पानी जनताको लगानी हरेक नेपाली विद्युतको सेयरधनी कार्यक्रमको आयोजना गर्दै प्रधानमन्त्री ओलीले उक्त कुराको जानकारी दिएका हुन । उक्त कार्यक्रममार्फत करिव ७ खर्बका १९ आयोजनामा जनताको लगानी रहने गरी आयोजना निर्माण गर्न लागिएको हो ।

सरकारले करिव ४ खर्ब ८७ अर्ब रुपैयाँ ऋण र २ खर्ब ९ अर्ब रुपैयाँ स्वपूँजीमा १९ ओटा आयोजनाहरु निर्माण गर्न लागेको हो । जसमा ५१ प्रतिशत संस्थागत सेयरधनी र ४९ प्रतिशत सर्वसाधारणका लागि खुलाईने भएको छ ।

उक्त १९ ओटा आयोजनाहरुलाई सरकार, सार्वजनिक निकाय तथा नेपाली जनताको संयुक्त लगानी रहेको कम्पनी अन्तर्गत निर्माण गरिने भएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL