Logo

७ महिनामा १९ वस्तुलाई एनएस चिह्न प्रदान, हाल सम्म २५० उद्योगका ३६९ उत्पादनले पाए

७ महिनामा १९ वस्तुलाई एनएस चिह्न प्रदान, हाल सम्म २५० उद्योगका ३६९ उत्पादनले पाए


रासस
27
Shares

काठमाडौं । नेपाल गुणस्तर तथा नापतौल विभागले २५० उद्योगबाट उत्पादित ३६९ वस्तुलाई नेपाल गुणस्तर चिह्न (एनएस) प्रदान गरेको छ । विभागले हालसम्म स्वदेश तथा विदेशमा उत्पादन भएका उद्योगका उत्पादित वस्तुलाई नेपाल गुणस्तर चिह्न प्रदान गरेको हो ।

गुणस्तर चिह्न प्राप्त गर्नेमा ७१ सिमेन्ट उद्योगबाट उत्पादित १३५ वस्तु, २५ डण्डी उद्योगबाट उत्पादित २५ वस्तु, २३ पिभीसी केवल उद्योगबाट उत्पादित २३ वस्तु, १० एलपीजी उद्योगबाट उत्पादित १० वस्तु, १३ पिभीसी पाइप उद्योगबाट उत्पादित १३ वस्तु र २९ एचटिपीइ पाइप उद्योगबाट उत्पादित २९ वस्तु रहेका छन् ।

एनएस चिह्न प्राप्त गर्ने सिमेन्ट उद्योगमा ६३ ओपीसी, १४ पीएससी र ५८ पीपीसी रहेका छन् । विभागले गत वर्षदेखि विदेशमा उत्पादित वस्तुलाई समेत एनएस चिह्न दिन सुरु गरेको छ । विभागले भारतमा उत्पादित ९ उद्योगका १४ वस्तु र चीनमा उत्पादित १ उद्योगको १ वस्तुलाई एनएस चिह्न प्रदान गरेको छ ।

विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले दर्ता र गुणस्तर पुर्याएर विभागमा निवेदन दिएका उद्योगलाई उत्पादित वस्तुको गुणस्तर हेरेर एनएस चिह्न प्रदान गरिएको जानकारी दिएका छन ।

‘धेरै उद्योगबाट उत्पादित वस्तुलाई एनएस चिह्न प्रदान गरे पनि कतिपय उद्योगले नविकरण गरेका छैनन’, उनले भने । विभागले चालु आर्थिक वर्षमा १६ उद्योगबाट उत्पादित १९ वस्तुलाई एनएस चिह्न प्रदान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL