Logo

थप ३० औषधि कम्पनी संचालनमा आउँदै, यसै बर्ष १० कम्पनीको उत्पादन बजारमा

थप ३० औषधि कम्पनी संचालनमा आउँदै, यसै बर्ष १० कम्पनीको उत्पादन बजारमा



काठमाडौं । नेपालमा थप ३० वटा औषधि कम्पनी संचालनमा आउने भएका छन् । हाल विभिन्न क्षेत्रका गरी ३० वटा नयाँ औषधि उद्योग संचालनमा लागि अनुमति दिइएको औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालले जानकारी दिए ।

ढकालका अनुसार अनुमति दिइएकामध्ये सबैभन्दा बढी फर्मास्यूटिकल्स रहेका छन । केही संख्यामा आयुर्वेदिक र भेटनरी उद्योग रहेको समेत उनले जानकारी दिए ।

पछिल्लो समय विभागमा औषधि उद्योग खोल्नका लागि आवेदन दिनेको चाप बढेको समेत उनले जानकारी दिए । हाल ५२ वटा औषधि उद्योग संचालनमा रहेकोमा थप ३० वटा उद्योग थपिन लागेका हुन् ।

विभागबाट संचालन अनुमति लिएकामध्ये १० वटा उद्योगले यसैबर्ष आफ्ना उत्पादन बजारमा ल्याउने समेत उनले जानकारी दिए । ‘अनुमति लिएकामध्ये धेरै उद्योगले औषधि उत्पादन नै शुरु गर्न लागेका छन्,’ उनले भने, ‘जसमध्ये १० भन्दा बढी उद्योगले चालू आर्थिक बर्षभित्रै आफ्नो उत्पादन बजारमा ल्याउने छन् ।’

उनका अनुसार अनुमति लिएकामध्ये केही उद्योगले जग्गा लिएर भवन निर्माणको काम सुरु गरेका छन् भने केहीले नक्साङ्कनको काम अघि बढाएका छन् ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL