Logo

नेपाल आयल निगम सर्दै, महानगरिय अपराध महाशाखा र महानगरिय प्रहरी परिसर पनि सर्ने

नेपाल आयल निगम सर्दै, महानगरिय अपराध महाशाखा र महानगरिय प्रहरी परिसर पनि सर्ने



काठमाडौं । नेपाल आयल निगमले आफ्नो केन्द्रिय कार्यालय सार्ने भएको छ । बबरमहलको भवन भूकम्पका कारण चर्केको हुनाले निगमले आफ्नो केन्द्रिय कार्यालय टेकुमा सार्न लागेको हो ।

निगमले टेकुमा आफ्नो भवनका लागि नेशनल ट्रेडिङसँग जग्गा किनेको छ । पहिले रहेको महानगरिय प्रहरी परिसर र महानगरिय अपराध महाशाखालाई सार्दे निगम उक्त भवनमा सर्ने भएको हो ।

उक्त भवनमा पहिले रहेका महानगरिय प्रहरी परिसर काठमाडौं र महानगरिय अपराध महाशाखा सार्नका लागि गृहमन्त्रालयलाई आग्रह गरेको निगमले जानकारी दिएको छ ।
निगमले गत वर्ष टेकुमा ५१ रोपनी जग्गा प्रति आना ४० लाख रुपैयाँका दरले ३ अर्ब २५ करोड रुपैयाँमा नेशनल ट्रेडिङसँग किनेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL