Logo

हवाई इन्धनको मूल्य प्रति लिटर १० रुपैयाँले घट्यो, डिजेल पेट्रोलमा पनि घटाउने तयारी

हवाई इन्धनको मूल्य प्रति लिटर १० रुपैयाँले घट्यो, डिजेल पेट्रोलमा पनि घटाउने तयारी



काठमाडौं । नेपाल आयल निगमले आज राती १२ बजे देखि लागू हुने गरी आन्तरिक हवाई इन्धनमा १० रुपैयाँ घटाउने भएको छ ।

बिहीबार निगमको ४९ औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका प्रसाद यादबले इन्धन मूल्य घटाएको जानकारी दिएका हुन । त्यस्तै अन्तरराष्ट्रिय उडानमा समेत हवाई इन्धन घटाउने तयारी भएको छ ।

उनले आफु मन्त्री भईसके निगमका हरेक क्षेत्रमा रहेको चुहावट टाल्ने काममा लागि रहेको बताएका छन । निगममा भएको चुहावटमा साना कर्मचारी देखी मन्त्री सम्म लागेकाले जनता मारमा परेको बताउँदै आफू निगमको चुहावट रोक्न लागि परेको बताएका हुन ।

उनले पूर्ण रुपमा चुहावट नियन्त्रण नभएको र विस्तारै हुने दाबी गर्दै ९ महिना देखी नयाँ विक्रेता विनियमावलीको लागि आफूले सम्झाउने गरेको भए पनि हाल सम्म मस्यौदा समेत तयार नभएको जानकारी दिएका छन ।

निगमलाई ब्यवस्थित बनाउँदै जानु पर्ने र यसमा कसैले पनि विबाद गर्न नहुने मन्त्री यादबको भनाई रहेको छ । उनले दशैंको समयमा निगम करिब ४ अर्ब रुपैयाँ घाटामा रहे पनि हाल आएर विस्तारै निगमले नाफा कमाउन लागेको समेत जानकारी दिएका छन ।

केही समयमै निगमको घाटा परिपूर्ति हुने र सवारीसाधनको समेत इन्धन मूल्य घटाउने जानकारी दिएका छन । त्यस्तै मन्त्री यादबले इन्धन मूल्यमा ६ रुपैयाँ घटे पनि बसको भाडा भने नघटेको बताएका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL