Logo

सेजका उद्योगलाई सरकारको छुट, ७५ प्रतिशत निर्यातको सिमा ६० मा झर्यो

सेजका उद्योगलाई सरकारको छुट, ७५ प्रतिशत निर्यातको सिमा ६० मा झर्यो



काठमाडौं । सरकारले विशेष आर्थिक क्षेत्र (सेज) का उद्योगलाई निर्यातमा छुट दिएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सेजमा स्थापना भएका उद्योगलाई निर्यातको सिमा घटाउँदै छुट उपलब्ध गराएको हो ।

यस अघि सरकारले सेजमा स्थापना भएका उद्योगबाट उत्पादित सामान मध्ये ७५ प्रतिशत निर्यात र २५ प्रतिशत स्वदेशमा खपत गर्नुपर्ने व्यवस्था गरेको थियो । तर, सोमबार बसेको मन्त्रिपरिषद्को बैठकदे अबका दिनमा सेजबाट उत्पादित सामग्री मध्ये ६० प्रतिशत मात्र निर्यात गरे पुग्ने व्यवस्था गरेको हो ।

सेजमा उत्पादित ७५ प्रतिशत बस्तु निर्यात गर्न कठिन हुने भन्दै व्यवसायीले उक्त सिमा घटाउन माग गरेका थिए । सोही बमोजिम सरकारले उक्त सिमा घटाएको हो ।

हाल विभिन्न क्षेत्रका १९ जना उद्योगीले सेजमा उद्योग स्थापना गर्न सम्झौता गरेका छन् । जसमा गार्मेन्ट, पाईप, सिमेन्ट उद्योग, चेतनशिल मल्टीपर्पोज एग्रो, सुगम नानो हर्वल, कार्पेट लगायतको कम्पनीहरु रहेका छन ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL