Logo

आयल निगमको कार्यकारीको लागि छानिए ५ जना, कसले मार्ला बाजी

आयल निगमको कार्यकारीको लागि छानिए ५ जना, कसले मार्ला बाजी



काठमाडौं । नेपाल आयल निगमको कार्यकारी निर्देशकको लागि सर्ट लिष्टमा ५ जना छनौट भएका छन् ।

निगमको कार्यकारी निर्देशक पदका लागि आवेदन दिएका मध्येबाट शैक्षिक योग्यता, कार्यअनुभव, व्यवसायीक कार्ययोजना र अध्ययन मामिलाको आधारमा ५ जना उम्मेदवारलाई छनौट गरिएको कार्यकारी निर्देशक छनौट तथा सिफारिस समितिले जानकारी दिएको छ ।

उक्त समितिले अनिलकुमार झा, तारानाथ पौडेल, राम प्रसाद धिताल, लोक बहादूर पौडेल र सुरेन्द्र कुमार धितालको नाम छनौट गरेको हो । सर्ट लिष्टमा परेका उम्मेदवारहरुलाई यही पुस १९ गते कार्ययोजना र अध्ययन मामिलाको प्रस्तुतीकरण तथा अन्तरवार्ताको लागि बोलाएको छ ।

साथै उक्त अन्तरवार्ता तथा प्रस्तुतीकरण उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयको सभाहलमा हुने भएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL