Logo

नयाँ ग्यास उद्योगलाई लाईसेन्स नदिने उद्योग मन्त्रीको उद्घोष, ग्याँसमा पनि स्वचालित मूल्य

नयाँ ग्यास उद्योगलाई लाईसेन्स नदिने उद्योग मन्त्रीको उद्घोष, ग्याँसमा पनि स्वचालित मूल्य



काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले नयाँ ग्यास उद्योग संचालनमा लागि स्वीकृति नदिने बताएका छन् । ‘पछिल्लो समय मन्त्रालयमा दैनिक १० जनासम्म ग्याँस उद्योग दर्ता गर्नका लागि आउने गरेको छन्,’ नेपाल एलपी ग्याँस उद्योग संघको १९ औं बार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले भने, ‘तर मन्त्रालयले कुनै पनि नयाँ ग्याँस उद्योग संचालनका लागि स्वीकृति दिनेछैन ।’

नेपालमा एकै प्रकारका साना उद्योगहरु धेरै आएर अस्वस्थ प्रतिश्पर्धा बढेको भन्दै निश्चित पूँजी हेरेर मात्रै उद्योग दर्ता गर्न दिने गरेको समेत उनले जानकारी दिए । साथै ग्याँसमा सरकारले २ सय ५० देखि ५ सय रुपैयाँसम्म अनुदान दिने गरेको तर उक्त अनुदान सबै प्रकारका व्यक्तिलाई दिन नहुने स्पष्ट पारेका छन् ।

ग्याँस तथा तेलमा भएका अनियमितता सबै हटेकोे बताउँदै ईन्धनमा अटोमेशन गरेजस्तै एलपी ग्याँसको मूल्यमा पनि अटोमेशन लागु गर्न लागिएको जानकारी दिए ।

कार्यक्रममा बोल्दै नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले नेपालमा साना उद्योगहरु धेरै आउँदा प्रतिश्पर्धाको कमी भएको र कुनै एक उद्योगलाई मात्रै क्षमता अभिवृद्धि गर्ने गरी काम गर्न सरकारलाई आग्रह गरेका छन । यस्तै कार्यक्रममै उपस्थित विभिन्न ब्यवासायी तथा उद्योगीहरुले सरकारले ऐनमार्फत उद्योगीहरुलाई हतोत्साहीत गर्न नभई झन बाँधेको बताएका छन । उनिहरुले ऐनमार्फत ब्यबसायीलाई थुन्ने काम र कुनै पनि काम गर्नका लागि विभिन्न निति तथा नियममा बाँध्ने काम भईरहेकाले उद्योगीहरुले स्वतन्त्र रुपमा व्यबसाय गर्न नपाएको गुनासो गरेका छन ।

नेपालमा हाल ५९ ओटा ग्याँस उद्योग रहेका छन जसमध्ये २८ ओटा उद्योगले मात्रै नेपाल गुणस्तर चिह्न लिएका छन । ३० अर्ब रुपैयाँ लगानी रहेको उक्त उद्योगहरुका नेपालभर १ करोडभन्दा बढी सिलिन्डरहरु बजारमा रहेका छन ।

कार्यक्रममा बोल्दै उनले उद्योगको विकास नगरे आर्थिक समृद्धि नआउने बताउँदै उद्योगको विकासमा इमान्दारिताका साथ लागि पर्न पनि विभिन्न उद्योगीहरुलाई आह्वान गरेका छन ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL