Logo

नेपाल चेम्बर अफ कमर्स र थाई उद्योग महासंघबीच सम्झौता, नेपालमा थाई लगानी भित्र्याईने

नेपाल चेम्बर अफ कमर्स र थाई उद्योग महासंघबीच सम्झौता, नेपालमा थाई लगानी भित्र्याईने



काठमाडौं । नेपाल चेम्बर अफ कमर्श र थाइ उद्योग महासंघ (द फेडरेशन अफ थाइ इन्डस्ट्रिज) बीच सम्झौता भएको छ । सोमबार बैंककमा एक कार्यक्रमकाबीच व्यापार तथा लगानी अभिवृद्धि गर्ने विषयमा द्विपक्षीय सम्झौता भएको हो । बैंककमा थाइल्याण्डका लागि नेपालका राजदूत खगनाथ अधिकारीको उपस्थितिमा भएको सम्झौतामा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ र थाइ उद्योग महासंघका अध्यक्ष सुपान्त मोङकोलोस्थ्रीले हस्ताक्षर गरेका हुन् ।

कार्यक्रममा चेम्बर अध्यक्ष राजेस काजी श्रेष्ठले नेपालले आयातमा आधारित अर्थतन्त्रलाई परिवर्तन गर्न चाहेको बताउँदै त्यसका लागि विदेशी लगानी आवश्यक रहेको बताए । ‘हामी आयातमूखी अर्थतन्त्रमा छौं । तर यसलाई परिवर्तन गर्न प्रविधि सहितको लगानी चाहिरहेका छौं’, उनले भने, ’त्यसका लागि थाइल्याण्डले खाद्यान्न सम्वन्धि उद्योग, तयारी पोशाक क्षेत्रको अनुभव नेपालका लागि उपयोगी हुनेछ ।’

श्रेष्ठले नेपाल भारत र चीनजस्तो ठूलो जनसंख्या भएको देशको बीचमा रहेको बताउँदै त्यसबाट लगानीकर्ताले राम्रो प्रतिफल पाउने बताएका हुन । ‘नेपालबाट ३० प्रतिशतभन्दा बढी मूल्य अभिवृद्धि हुने वस्तुमा भारतमा शुन्य भन्सारमा निकासी हुन पाउँछ । चीनमा पनि ४ हजारभन्दा बढी बस्तु शुन्य भन्सार दरमा निकासी हुन पाउने सुविधा छ,’ श्रेष्ठले भने, ‘यूरोपेली मुलुकमा समेत शुन्य भन्सारमा सामान निकासी गर्न सकिन्छ ।’

उनले नेपाल भुपरिवेष्ठित मुलुक भएपनि पछिल्लो समयमा ट्रान्जिट लागत घट्दो क्रममा रहेको बताउँदै विस्तारै पूर्वाधार क्षेत्रमा समेत लगानी भएकाले सामान विश्वबजारमा प्रतिस्पर्धी हुन थालेको जानकारी दिए ।

थाइ उद्योग महासंघका अध्यक्ष मोङकोलोस्थ्रीले नेपाल चेम्बर अफ कमर्ससँग सम्वन्ध स्थापित गर्न पाएकोमा खुशी व्यक्त गर्दै द्धिपक्षीय व्यापार तथा लगानी विस्तारमा सघाउ पुग्ने विश्वास व्यक्त गरेका छन । नेपाल चेम्बर अफ कमर्सको प्रतिनिधि मण्डल पौष १ देखि ७ गते सम्मको लागि व्यापार, पर्यटन तथा लगानीको प्रवदर््धन गर्ने उद्येश्यले थाइल्याण्ड र भियतनाम भ्रमणमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL