Logo

५ महिनामै ३० ठुला उद्योग दर्ता, ४ ठुला सिमेन्ट उद्योगमा सवा १४ अर्ब लगानी

५ महिनामै ३० ठुला उद्योग दर्ता, ४ ठुला सिमेन्ट उद्योगमा सवा १४ अर्ब लगानी



काठमाडौं । चालु आर्थिक बर्षमा ३० ओटा नयाँ ठुला उद्योगले स्थापनाका लागि उद्योग विभागबाट स्वीकृति प्राप्त गरेका छन् । उद्योग विभागका अनुसार चालु आबको मंसिर मसान्तसम्म ३० ओटा ठुला उद्योग दर्ता भएका हुन । ती उद्योगहरुमा ८६ अर्ब रुपैयाँभन्दा माथीको लगानी प्रतिवद्धता सहित उद्योग दर्ता भएका हुन ।

विभागको तथ्याङ्क अनुसार ४ ओटा ठुला सिमेन्ट उद्योगले स्थापनाका लागि स्वीकृति प्राप्त गरेका छन् । ती उद्योगमा सवा १४ अर्ब बराबरको लगानी स्वीकृति भएको छ । नेपालमा सिमेन्ट उद्योगहरुको विकास तिव्र भईरहेकै बेला मारुती सिमेन्टले आफ्नो शाखा उद्योग खोल्नका लागि २ अर्ब ५७ करोड लगानी स्वीकृति गरेको हो । यस्तै सिनर्जी सिमेन्टले पनि आफ्नो उद्योगको कुल पूँजी ९ अर्ब ७८ करोड राख्दै बार्षिक ३ लाख ३० हजार मेट्रिक टन ओपिसी र ३ लाख ३० हजार मेट्रिक टन पिपिसी सिमेन्ट उत्पादन गर्ने गरी उद्योग विभागका दर्ता भएको छ । यस्तै चालु आबमै दर्ता भएका सिमेन्ट उद्योगमध्ये अथर्व र ए प्लस सिमेन्ट उद्योगमार्फत क्रमशः १ अर्ब ५० करोड र ४० करोड रुपैयाँ लगानी स्वीकृति भएको छ ।

विभागका अनुसार यस समयमा सबैभन्दा ठुलो लगानी जलविद्युतमा स्विकृत भएको देखिन्छ । जलविद्युतमा करिव ५३ अर्ब बराबरको लगानी स्विकृत भएको छ । ४ महिनाभित्रमा लगानी स्विकृत भएका उक्त जलविद्युत कम्पनीमार्फत कुल २ सय ९० मेगावाट विद्युत उत्पादन हुने लक्ष्य राखिएको छ ।

विभागका अनुसार चालु आवको मंसिर महिनामा पनि ५० करोड माथिका १० ओटा उद्योगहरु दर्ता भएका छन । यस्तै चालु आबको ५ महिनामा ४५ अर्बको लगानी स्वीकृत भएको छ । विभागका अनुसार सिचुवान वाईपिङ ईनर्जी साईन्स एन्ड टेक्नोलोजी कम्पनीले ४५ अर्ब कुल पूँजीको २ सय ३५ मेगावाट जलविद्युत उत्पादन गर्नका लागि लगानी स्विकृत गरेको हो । अन्जु पौडेलको नाममा काठमाडौंको वडा नंमर २६ मा दर्ता भएको कम्पनीको कुल पूँजी ४५ अर्ब रहेको छ ।

यस्तै दोस्रो धेरै कुल पूँजी भएको उद्योगमा सिनर्जी सिमेन्ट परेको छ । जसको कुल पूँजी ९ अर्ब ७८ करोड रहेको छ । पुर्ण स्थानीयकै लगानीमा बन्न लागेको उक्त उद्योग राहुल कुमार अग्रवालको नाममा दर्ता भएको उद्योग विभागले जानकारी दिएको छ ।

यस्तै धादिङ जिल्लामा दर्ता भएको आँखुखोला जलविद्युत कम्पनीले भने आफ्नो कुल पूँजी ६ अर्ब ३० करोड राखेको छ । जुन चालु आबमा सबैभन्दा धेरै लगानी स्वीकृति गर्ने तेस्रो ठुलो कम्पनीको रुपमा रहेको छ ।
चालु आबको कार्तिक महिनामा भने ठुला उद्योगहरु दर्ता भएको देखिदैन । यस्तै साउनमा भने ठुला उद्योग दर्ताको लर्काे देखिन्छ । विभागका अनुसार चालु आबकै सुरु महिनामै १० ओटा उद्योगहरु दर्ता भएको पाईन्छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL