Logo

उद्योगबाट निस्कने फोहोर खुला स्थानमा जलाउन प्रतिवन्ध, वातावरणले निकाल्यो यस्तो विज्ञप्ती

उद्योगबाट निस्कने फोहोर खुला स्थानमा जलाउन प्रतिवन्ध, वातावरणले निकाल्यो यस्तो विज्ञप्ती



काठमाडौं । विभिन्न उद्योगहरुले अब आफ्ना उद्योगहरुबाट आएको फोहोर खुला ठाउँमा जलाउन नपाउने भएका छन । बन तथा वातावरण मन्त्रालयले बिहीबार एक सुचना प्रकाशित गर्दै वातावरणमा त्यस्तो प्रक्रियाले प्रतिकुल असर पार्ने भन्दै सो कार्य रोक्नका लागि उद्योगहरुलाई आग्रह गरेको हो ।

हाल विभिन्न उद्योगहरुले खेर गएका विभिन्न बस्तुहरु खुला स्थानमा जलाउने गरेका छन अबदेखि भने उक्त फोहोरहरु खुला ठाउँमा जलाउन नपाईने भएको हो । उक्त खेर गएका पदार्थ जलाउँदा कार्वनडाईअक्साईड, कार्वनमोनोअक्साईड, क्लोरोफ्लोरोकार्वन लगायतका विषादीयुक्त ग्याँस उत्सर्जन गर्ने भन्दै त्यस्ता फोहोर जलाउन प्रतिबन्ध लगाएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL