Logo

विद्युत खरिद सम्झौता टेक अर पे मा हुने, यस्तो छ सम्झौता

विद्युत खरिद सम्झौता टेक अर पे मा हुने, यस्तो छ सम्झौता



काठमाडौं । सरकारले अब विद्युत खरिद सम्झौता गर्दा टेक अर पे मा सम्झौतामा गर्ने भएको छ ।

मंगलबार ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनको अध्यक्षतामा बसेको बैठकले ऊर्जा प्रवर्द्धकहरुसँग विद्युत खरिद सम्झौता गर्दा टेक अर पे मा गर्ने निर्णय गरेको हो ।

उक्त सम्झौतामा विद्युत खरिद सम्झौता गरेपछि उत्पादकले विद्युत उत्पादन गरिसकेपछि नेपाल विद्युत प्राधिकरणले विद्युत लिएपनि नलिएपनि उत्पादकलाई पैसा तिर्नुपर्छ ।

टेक एण्ड पे मा विद्युत खरिद सम्झौता गर्दा प्राधिकरणले विद्युत लिएपछि मात्र उत्पादकलाई पैसा तिर्नुपर्छ । त्यस्तोमा उत्पादकको विद्युत किन्ने ग्यारेन्टी नहुने भन्दै बैंक तथा वित्तीय संस्थाले आयोजनालाई आवश्यक पर्ने ऋण दिन इन्कार गर्छन ।

सरकारले वैशाख २५ गते ऊर्जा मन्त्री पुनले जारी गरेको श्वेतपत्रको आधारमा १० वर्षमा १५ हजार मेगावाट उत्पादनलाई सघाउन यस्तो निर्णय गरेको हो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL