Logo

वाईवाईको साम्राज्य विस्तार गर्दै चौधरी ग्रुप, इजिप्टमा पनि उत्पादन प्लान्ट बनाउँदै

वाईवाईको साम्राज्य विस्तार गर्दै चौधरी ग्रुप, इजिप्टमा पनि उत्पादन प्लान्ट बनाउँदै



काठमाडौं । केहि समयअघि कजाखस्तानमा आफ्नो चर्चित चाउचाउ ब्रान्ड वाईवाईको उत्पादन प्लान्ट निर्माणको तयारी सुरु गरेको चौधरी ग्रुपले अफ्रिका महादेशमा पनि यसको स्वाद चखाउने भएको छ । चौधरी ग्रुपका अनुसार पिरामिडको देश इजिप्टमा पनि वाईवाई प्लान्ट निर्माण हुने भएको हो ।

चाउचाउ उत्पादनको उक्त प्लान्ट निर्माणका लागि चौधरी समुहका अध्यक्ष विनोद चौधरी, उनका छोरा निर्वाण चौधरीको समुह इजिप्ट पुगेको छ । इजिप्टमा उक्त समुहले आफ्नो प्लान्ट निर्माण स्थलको टुङ्गो लगाइसकेको जनाएको छ ।

यससँगै नेपाल र भारत बाहेक वार्ईवाईको प्लान्ट चार ओटा देशमा हुने भएको छ । यसअघि बंगलादेशबाट वाईवाईको उत्पादन सुरु भइसकेको छ । त्यस्तै युरोपमा पनि सर्बियामा प्लान्ट निर्माण गरेर वाईवाई उत्पादन भइरहेको छ । भारतमा मात्र वाईवाईका विभिन्न राज्यमा गरि ६ ओटा प्लान्ट छन् ।

विश्वभर उपभोग हुने चाउचाउ मध्य वाईवाईको हिस्सा दुई प्रतिशत पुगेको चौधरी गु्रपले जनाएको छ । विश्वका १५ ओटा देशमा उत्पादन प्लान्ट निर्माण गरेर विश्वकै सबैभन्दा धेरै उपभोग हुने चाउचाउ ब्रान्ड बनाउने लक्ष्यमा चौधरी गु्रपले काम गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL